झुम्का कारागारबाट फरार कैदी झापाबाट पक्राउ !
।सनसरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका कैदी अन्ततः पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रूपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका–१० विराट पोखरीस्थित आफन्तको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार आज शनिवार बिहान करिब ६ बजे पक्राउ गरिएको जानकारी दिएका छन्। उनका अनुसार, खत्री शुक्रबार रा...








