सुनसरीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी, एक वर्षमै १,२१६ मुद्दा दर्ता !
सुनसरी, ११ साउन – सुनसरी जिल्ला अदालतले चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति गर्दै लक्ष्यको ८९.१८ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको जनाएको छ। अदालतका अनुसार चालु आर्थिक वर्षमा जम्मा १०,०१६ मुद्दा दर्ता भएका थिए, जसमध्ये ५,९९३ मुद्दा समाधान भएका छन्।
अघिल्लो वर्षबाट बाँकी रहेका ४,१४६ मुद्दा समेत जोड्दा हालसम्म अदालतमा ३,९१४ मुद्दा बाँकी रहेका छन्।
शुक्रबार अदालत परिसरमा आयोजित पत्रकार भेटघाट...









