लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ !

लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ !
सुनसरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिको क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीको संयुक्त टोलीले विभिन्न समयमा शंकास्पद रूपमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोटरसाइकल सवार तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्दा उनीहरूबाट लागूऔषधसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहर...

धरानको जंगलमा रुखमुनि भेटियो महिलाको शव, हत्याको आशंका !

धरानको जंगलमा रुखमुनि भेटियो महिलाको शव, हत्याको आशंका !
इटहरी / सुनसरीको धरानको जंगल क्षेत्रमा महिलाको शव फेला परेको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो । गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिला...

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !
इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी अन्तर्गत सहरी विकास विभागको आयोजनामा शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा “कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक गोष्ठी” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री भिम आचार्यले वर्तमान समयमा कोशी प्रदेशमा तीव्र बसाईसराई...

सुनसरीमा घाँस काट्न गएका किशोरमाथि अज्ञात समूहको गोली प्रहार !

सुनसरीमा घाँस काट्न गएका किशोरमाथि अज्ञात समूहको गोली प्रहार !
इटहरी, २३ चैत्र २०८१ — सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन्। शनिबार दिउँसो घाँस काट्न गएका राईलाई एकान्त जंगलमा अज्ञात समूहले लक्षित गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली दाहिने खुट्टाको घुँडामाथि लागेपछि उनी गम्भीर घाइते भएका हुन्। घटनापछि उनीसँगै रहेका अन्य व्यक्तिहरूले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य ...

इटहरीमा जुत्ता मेला सुरु !

इटहरीमा जुत्ता मेला सुरु !
सुनसरी /स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन र उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले इटहरीमा जुत्ता मेला सुरु भएको छ । जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा सुरु भएको यो मेला इटहरीको पश्चिम लाइनस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्ड हलमा सञ्चालन भइरहेको छ। विगतमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि पुनः इटहरीमा मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ...

कोशी प्रदेशमा पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु !

कोशी प्रदेशमा  पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु  !
इटहरी, चैत १८ – कोशी प्रदेश सरकारले प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, र कार्यालयका प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ। उक्त तालिम चैत १७ गतेदेखि सुनसरीको इटहरीमा सुरु भएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा भइरहेको तालिममा आठ जना महिला र २७ जना पुरुष गरी ३५ ...

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !
विराटनगर । ताप्लेजुङको मुक्कुमलुङ ९पाथिभरा० क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा बोलाएको छ । सर्वोच्च अदालतमा याम बहादुर लिम्बू समेतका निवेदकले पाथीभरा देवी दर्शन केबलकार प्रालि समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा चैत २६ मा बोलाएको हो । ...

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !
सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुन थालेको छ ! सोहि क्रममा, नेपाल रेडक्रस सोसाइटी खनार उप–शाखा तथा सोनी बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा श्री सर्वेश्वर शिव मन्दिर अगाडि संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार बिहान भएको उक्त रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ। यस रक्तदान कार्यक...

स्वागत नेपालसहित ५ जना पक्राउ !

स्वागत नेपालसहित ५ जना पक्राउ !
                                                                    काठमाडौं,प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरे...

दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारको निर्देशन !

दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारको निर्देशन !
काठमाडौ, १५ चैत । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । आज ९शुक्रबार० तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी करार गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।