इटहरी यातायातमा स्वास्थ्य परीक्षणका नाममा खेलवाड !
इटहरी / स्वास्थ्य परीक्षणका नाममा यातायात व्यवस्था कार्यालयहरूमा हुने विचौलियाहरूको चलखेल रोक्न कोशी प्रदेश सरकारले ल्याएको सूचीकृत सेवा विवादित बन्दै गएको छ।
कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा गरिनुपर्ने स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा र नवीकरण गर्दा स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ। यस प्रक्रियालाई सरल, पारदर्शी, र प्रभावकारी बना...