अलपत्र पारिएको तरहरा–धरान ६ लेन सडक : प्रशासनको सात दिनको अल्टिमेटम !
सुनसरी, सुनसरीको तरहरा–धरान खण्डमा निर्माणाधीन ६ लेन सडकको काम ठप्प भएपछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले निर्माण कम्पनीलाई सात दिनभित्र काम सुरु गर्न निर्देशन दिएको छ।
करीब ५.३ किलोमिटर लामो उक्त सडक खण्डको करिब ३० प्रतिशत काम अझै अधुरो छ। निर्माण कम्पनी ‘हिम्डुङ प्यासिफिक जेभी’ सम्पर्कविहीन भएपछि कार्य पूर्णरूपमा ठप्प भएको हो। समाचारमाध्यममा विषय सा...