रंगेलीको संसारी माई मन्दिरबाट मूर्ति र नगद चोरी !

रंगेलीको संसारी माई मन्दिरबाट मूर्ति र नगद चोरी !
विराटनगर । मोरङको रंगेली नगरपालिकामा रहेको प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। आइतबार राति मन्दिरको चेन गेट फोडी अज्ञात समूहले देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा संकलित नगद चोरी गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालका अनुसार चोरीमा संसारी माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फुटाएर त्यसभित्र रहेको नगद ...

इटहरी–१२ द्वारा श्री शारदा माविका बालबालिकालाई न्यानो कपडा वितरण

इटहरी–१२ द्वारा श्री शारदा माविका बालबालिकालाई न्यानो कपडा वितरण
इटहरी /इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले वडा सङ्ग बालबालिका कार्यक्रम अन्तर्गत इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब १२१ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो। कपडा वितरण कार्यक्रमका संयोजक तथा इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य विनिता गिरीले बालबालिकाको स्वास्थ्य र पठनपाठन...

सुनसरी–३ मा एमालेबाट भगवती चौधरी र तैयव हुसेन सिफारिस !

सुनसरी–३ मा एमालेबाट भगवती चौधरी र तैयव हुसेन सिफारिस !
सुनसरी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुई जना नेताको नाम सिफारिस गरेको छ। पार्टीको निर्वाचन समन्वय समितिले गरेको वृहत् छलफलपछि क्षेत्रीय कमिटीले पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य भगवती चौधरी र पूर्व केन्द्रीय सदस्य तथा पूर्वी नेपालका अगुवा मुस्लिम नेता तैयव हुसेनको नाम सिफारिस गरेको हो। क्षेत्रीय स्रोतका अनु...

नोबेल मेडिकल कलेजको गम्भीर लापरबाही अदालतमा !

नोबेल मेडिकल कलेजको गम्भीर लापरबाही अदालतमा !
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिएको सामान्य नाकको शल्यक्रियापछि ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनाले कानुनी मोड लिएको छ। पीडित परिवारले अस्पतालको ‘अक्षम्य चिकित्सकीय लापरबाही’ का कारण बालकको जीवन नै अन्धकार बनेको दाबी गर्दै १० करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएका छन्। नोबेल मेडिकल कलेज, त्यसका सञ्चालक एवं निर्वतमान प्रतिनिधि सभा सदस्य डा....

पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !

पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !
इटहरी /पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित प्रसिद्ध काली मन्दिरको शान्त रूपमा दर्शन गरेका छन्। राजावादी कार्यकर्ता तथा सुरक्षाकर्मीलाई समेत पूर्व जानकारी नदिई उनी सुटुक्क मन्दिर पुगेका हुन्। पूर्व राजा मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित पुजारीहरू भने उपस्थित थिए। मन्दिर परिसरमा प्रवेश गरेपछि उनले विधिपूर्वक पूजा–आराधना गरेका थिए। पूर्व राजा मन्दिरमा प...

नेपाली कांग्रेसमा देखिएको नेतृत्व संकट !

नेपाली कांग्रेसमा देखिएको नेतृत्व संकट !
नेपाली कांग्रेस आज केवल सांगठनिक चुनौतीको सामना गरिरहेको छैन। यो पार्टी नेतृत्वको वैधता, निर्णय प्रक्रियाको लोकतान्त्रिकता, र संस्थागत विश्वसनीयता सम्बन्धी गम्भीर संकटको मोडमा आइपुगेको छ। कार्यकर्ता र आम मतदाताको अपेक्षाविपरीत महाधिवेशन अनिश्चितकालका लागि स्थगन हुनु, निर्वाचित दुई महामन्त्रीद्वारा प्रस्तुत सुधार प्रस्तावलाई संवादविनै अस्वीकार गरिनु, तथा निर्णय शक्ति सीमित घेराभित्र केन्द्रित...

सुनसरी गोलीकाण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, ७ सदस्यीय छानबिन समिति गठन !

सुनसरी गोलीकाण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, ७ सदस्यीय छानबिन समिति गठन !
इटहरी /सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पीडित पक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै घटनाको सत्यतथ्य छानबिन गर्न ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर नेपाल फर्किंदै गरेका साहलाई सशस्त्र प्रहरीले चलाएको गोली लागेको थियो। गोली ला...

सुनसरीको लौकही–१ मा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु, स्थानीय आक्रोशित !

सुनसरीको लौकही–१ मा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु, स्थानीय आक्रोशित !
 इटहरी । सुनसरी जिल्लाको  कोशी गाउँपालिकाको लौकही –१ मा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विजय साह रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणका क्रममा भएको झडपमा गोली चलाउनु परेको हो। प्रहरीका अनुसार  तस्करी रोक्ने प्रयास भइरहँदा स्थिति तनावग्रस्त बनेपछि जवाफी फायर गर्नुपरेको र सोही क्रममा गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको ह...

बालेन–रवि एकता र भावी नेतृत्वप्रति नागरिकको अपेक्षा !

बालेन–रवि एकता र भावी नेतृत्वप्रति नागरिकको अपेक्षा !
नेपालका नागरिक आज पुरानो राजनीतिक संस्कृतिबाट गहिरो रूपमा दिक्क भइसकेका छन्। दशकौँदेखि दोहोरिँदै आएको सत्ता–केन्द्रित राजनीति, व्यक्तिवाद, गुटबन्दी र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले जनताको धैर्य समाप्त हुँदै गएको छ। यही पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच देखिएको सहकार्य र एकताको सम्भावनालाई धेरै नागरिकले आशाका रूपमा हेरेका ...

इटहरी उपमहानगरपालिकाद्वारा खनार स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर पदस्थापन !

इटहरी उपमहानगरपालिकाद्वारा खनार स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर पदस्थापन !
                                                       इटहरी  : इटहरी उपमहानगरपालिकाले एमबीबीएस डाक्टर नियुक्त गरी वडा नं. १२ खनारस्थित स्वास्थ्य चौकीमा पदस्थापन गरेको छ। उपमहानगरपालिकाको निर्णयअनुसार डा. अजय कुमार साहलाई आज मिति २०८२ पुस १३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि खनार स्वास्थ्य चौकीमा कामकाज गर्न खटाइएको हो। उपमहानगरपालिकाको प्रशासन तथा जनशक्ति विकास शाखामा कार्यरत मेडिकल अधिकृत (...