प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना पक्राउ !
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा आफू प्रहरीको घुमुवा हुँ भन्दै होटल तथा रेस्टुरेन्टहरूबाट अवैध रूपमा चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ स्थित विभिन्न होटलहरूमा चन्दा उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति धनकुटाको सहिदभूमि गाउँपालिका–७ निवासी ३५ वर्षीय धनबहादुर राई रहेको इलाका...









