दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !

दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !
इटहरी / काठमाडौँको तीनकुने आन्दोलनपछि दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको स्कारपियो इटहरीमा फेला परेको छ । प्रहरी स्रोतका अनुसार बागमती बिएबी ४२०८ नं को स्कारपियो इटहरी १२ स्थ्ति पुर्वाञ्चल क्याफे अगाडि फेला परेको हो । उक्त स्कारपियो गाडीलाई काठमाडौँबाट आएको प्रहरी टोलीले फेला पारी काठमाडौँ लगेको छ । प्रहरीले उक्त गाडीमा दुर्गा प्रसाईँ सवार थिए कि थिएनन् भन्नेबारे भने थप अनुसन्धान जारी राखेको...

ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान !

ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान !
धरानः नेपाली कांग्रेसले मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा धरानमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं। क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा कार्यक्रम गरेको हो । पवित्र रमजान महिनाको समापनसंगै मनाइने ईद उल फित्र पर्व मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत पर्व हु...

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता हुदै !

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता हुदै !
इटहरी / खनार युवा क्लबको आयोजनामा पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । इटहरी–१२, खनार स्थित श्री शारदा माविको खेल मैदानमा यो प्रतियोगिता चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठ वटा टोली सहभागी छन् । ती टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह “ए“ मा जनता भेट्रान फुटबल क्लब (इटहरी, सुनसरी), नेताचोक टाइगर क्लब (ग्रामथान–६, मोरङ),...

इटहरीमा जुत्ता मेला सुरु !

इटहरीमा जुत्ता मेला सुरु !
सुनसरी /स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन र उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले इटहरीमा जुत्ता मेला सुरु भएको छ । जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा सुरु भएको यो मेला इटहरीको पश्चिम लाइनस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्ड हलमा सञ्चालन भइरहेको छ। विगतमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि पुनः इटहरीमा मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ...

इटहरी मेयरकप क्रिकेटको दोस्रो संस्करण बिहीबारदेखि प्रारम्भ

इटहरी मेयरकप क्रिकेटको दोस्रो संस्करण बिहीबारदेखि प्रारम्भ
सुनसरी – इटहरी उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिने दोस्रो संस्करणको इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । आयोजक सेभेनस्टार क्लबले   आज इटहरी उपमहानगरपालिकाको कार्यकक्षमा  पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। इटहरी–९ स्थित जनता क्रिकेट खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका १८ वटा पा...

कोशी प्रदेशमा पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु !

कोशी प्रदेशमा  पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु  !
इटहरी, चैत १८ – कोशी प्रदेश सरकारले प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, र कार्यालयका प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ। उक्त तालिम चैत १७ गतेदेखि सुनसरीको इटहरीमा सुरु भएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा भइरहेको तालिममा आठ जना महिला र २७ जना पुरुष गरी ३५ ...

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !
विराटनगर । ताप्लेजुङको मुक्कुमलुङ ९पाथिभरा० क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा बोलाएको छ । सर्वोच्च अदालतमा याम बहादुर लिम्बू समेतका निवेदकले पाथीभरा देवी दर्शन केबलकार प्रालि समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा चैत २६ मा बोलाएको हो । ...

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !
सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुन थालेको छ ! सोहि क्रममा, नेपाल रेडक्रस सोसाइटी खनार उप–शाखा तथा सोनी बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा श्री सर्वेश्वर शिव मन्दिर अगाडि संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार बिहान भएको उक्त रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ। यस रक्तदान कार्यक...

स्वागत नेपालसहित ५ जना पक्राउ !

स्वागत नेपालसहित ५ जना पक्राउ !
                                                                    काठमाडौं,प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरे...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !
                                                                               काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको उडान तथा अवतरण सेवा अस्थायी रूपमा बन्द गरिएको छ। राजावादी प्रदर्शनकारीहरूले विमानस्थल बाहिर आगजनी गरेपछि सुरक्षा कारण देखाउँदै उडान तथा अवतरण प्रभावित भएको हो। विमानस्थल बन्द भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ। सुरक्षाकर्...