धनपालथानमा आगलागी चार वर्षीया बालिकाको मृत्यु, १६ घर जलेर नष्ट !
विराटनगर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ कदमाहामा भीषण आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ। घटनामा परेर चार वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको पुष्टि भएको छ भने प्रारम्भिक सूचनामा दुई बालबालिकाको मृत्यु भएको भनिए पनि एक बालक सकुशल फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार आगलागी नियन्त्रणमा ल्याउन दमकल, नेपाली स...








