डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह

डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह
इटहरी  । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै दन्तबझान, संसद अवरोध र जनताका आधारभूत एजेण्डा ओझेलमा पर्ने दिशातर्फ जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देशलाई फेरि अस्थिरताको पुरानै चक्रमा फर्काउने प्रयास स्वीकार्य नहुने बताउनुभएको हो। उहाँले अब कुनै पनि राजनीतिक ...

भारतबाट नेपाल ल्याउने सामानको सीमा बढ्यो, अब ५ सय रुपैयाँसम्म भन्सार छुट !

भारतबाट नेपाल ल्याउने सामानको सीमा बढ्यो, अब ५ सय रुपैयाँसम्म भन्सार छुट !
इतहरी  । सरकारले भारतबाट नेपाल आउने यात्रुले ल्याउन पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत झिटीगुन्टासम्बन्धी व्यवस्था संशोधन गर्दै अब ५ सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाइने व्यवस्था गरिएको हो । यसअघि भारतबाट नेपाल आउँदा एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था थियो । नयाँ आर्थिक विधेयकमार्फत उक्त सीमा पाँच गुणाले बढाए...

३३ केभी प्रसारण लाइनमुनि ९५० परिवार, धरानमा दशकौँदेखिको जोखिम : समाधान खोज्न कानुनी दबाब बढ्दै !

३३ केभी प्रसारण लाइनमुनि ९५० परिवार, धरानमा दशकौँदेखिको जोखिम : समाधान खोज्न कानुनी दबाब बढ्दै !
इटहरी। धरानका करिब ९५० परिवार दशकौँदेखि ३३ केभी उच्च भोल्टेज प्रसारण लाइनमुनि जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। विद्युत प्रसारण लाइन नजिकै अव्यवस्थित रूपमा बस्ती विस्तार हुँदा स्थानीयवासीले ज्यानको जोखिम, आर्थिक क्षति र सम्पत्ति उपयोगमा कानुनी तथा प्राविधिक अवरोध भोग्दै आएका हुन्। पूर्वी पहाडी जिल्लामा विद्युत विस्तार गर्ने उद्देश्यले २०४४ सालतिर नेपाल विद्युत प्राधिकरणले सुनसरीको दुहबीदेख...

रैथाने धानमा ‘डलर’ सम्भावना: नेपालका २ हजार जात विश्व बजारमा ब्रान्ड बन्न सक्ने !

रैथाने धानमा ‘डलर’ सम्भावना: नेपालका २ हजार जात विश्व बजारमा ब्रान्ड बन्न सक्ने !
इटहरी । नेपालका रैथाने धान अब केवल परम्परागत खाद्यान्नमा सीमित नरही अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री हुने ‘प्रिमियम कृषि उत्पादन’ बन्न सक्ने सम्भावना देखिएको छ। कृषि वैज्ञानिक राजेन्द्र उप्रेती ले गरेको अध्ययनले नेपालका २ हजारभन्दा बढी स्थानीय धानका जातलाई वैज्ञानिक संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न सके विश्व बजारमा ठूलो अवसर सिर्जना हुने निष्कर्ष निकालेको हो। लामो ...

‘अक्सिजन’ को खोजीमा कोशीका रुग्ण उद्योग !

‘अक्सिजन’ को खोजीमा कोशीका रुग्ण उद्योग !
इटहरी । देशकै सबैभन्दा पुरानो तथा ठूलो औद्योगिक आधार क्षेत्र मानिने मोरङ–सुनसरी औद्योगिक करिडोर अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। एक समय देशको औद्योगिक ‘मेरुदण्ड’ मानिएको यो क्षेत्रका दर्जनौँ उद्योग बन्द, रुग्ण वा अर्धसञ्चालनको अवस्थामा पुगेपछि निजी क्षेत्रले कोशी प्रदेश सरकारसँग विशेष पुनरुत्थान कार्यक्रम ल्याउन माग गरेको छ। कोभिड महामारीपछि कमजोर बनेका उद्योगहरू अहिले बढ्दो उत्पादन लागत, उ...

क्यान्सरका जीवनरक्षक औषधिमा संकट : नेपालमा हाहाकार, भारतका अस्पतालसम्म असरको चिन्ता

क्यान्सरका जीवनरक्षक औषधिमा संकट : नेपालमा हाहाकार, भारतका अस्पतालसम्म असरको चिन्ता
इटहरी । नेपालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको अभाव गम्भीर बन्दै गएको छ । देशभरका सरकारी तथा निजी अस्पतालमा किमोथेरापी सेवा प्रभावित हुन थालेपछि बिरामी र परिवार ठूलो मानसिक तनावमा परेका छन् । चिकित्सकहरूले यसलाई “जीवन र मरणको प्रश्न” भन्दै तत्काल समाधान खोज्न सरकारलाई दबाब दिएका छन्। विशेषगरी फोक्सो, पेट, अण्डासय, स्तन, ठूलो आन्द्रा तथा अन्य धेरै ...

गुट–उपगुट र परिवारवादबाट कांग्रेस कमजोर बन्यो : गगन थापा

गुट–उपगुट र परिवारवादबाट कांग्रेस कमजोर बन्यो : गगन थापा
सुनसरी । नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेस गुट–उपगुट र परिवारवादबाट सन्र ननिस्कँदा अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ। सुनसरीको लौकही स्थित सिटीहलमा आज आयोजित  प्रदेश स्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन अभियानको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली कांग्...

खनारमा कालो पानीको संकट : उद्योगजन्य प्रदूषणले स्थानीय त्रसित, वडा कार्यालयद्वारा अनुगमन

खनारमा कालो पानीको संकट : उद्योगजन्य प्रदूषणले स्थानीय त्रसित, वडा कार्यालयद्वारा अनुगमन
इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित प्रहरी चौकी आसपास भएर बग्ने पानी अत्यधिक कालो तथा दुर्गन्धयुक्त बनेपछि स्थानीय बासिन्दामा स्वास्थ्य चिन्ता बढेको छ। मानव बस्ती नजिकै फैलिएको प्रदूषणका कारण वातावरण दूषित बनेको भन्दै स्थानीयले गुनासो गरेपछि वडा कार्यालयले उद्योग क्षेत्रमा अनुगमन सुरु गरेको छ। वडा कार्यालयका अनुसार कार्यवाहक वडा अध्यक्ष, वडा कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागितामा दुई ...

विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा, मास्टर सेफ सन्तोष साहद्वारा मिथिला स्वादको विस्तार

विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा, मास्टर सेफ सन्तोष साहद्वारा मिथिला स्वादको विस्तार
इटहरी । नेपाली रैथाने परिकारलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउँदै आएका सन्तोष साह ले विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा सञ्चालनमा ल्याएका छन्। विराटनगरको दुधफार्म क्षेत्रनजिक बुधबार आयोजित कार्यक्रममार्फत नयाँ शाखाको औपचारिक शुभारम्भ गरिएको हो। मिथिला संस्कृति, परम्परा र खानपानलाई आधुनिक आतिथ्य सेवासँग जोड्ने उद्देश्यसहित ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ अवधारणालाई एउटै छानामुनि समेटिएको स...

मौन राजनीतिबीच बोलिरहेको एउटा नाम — प्रचण्ड

मौन राजनीतिबीच बोलिरहेको एउटा नाम — प्रचण्ड
नेपालको लामो राजनीतिक इतिहास अनेकौँ उतारचढाव, संघर्ष र परिवर्तनहरूले भरिएको छ। यही परिवर्तनको यात्रामा निर्णायक भूमिका खेल्ने नेतामध्ये पुष्प कमल दाहाल अर्थात् प्रचण्डलाई विशेष रूपमा स्मरण गरिन्छ। उहाँले नेपाली राजनीतिमा खेलेको भूमिकाले देशको शासन व्यवस्था, राजनीतिक संरचना र सामाजिक चेतनामा गहिरो प्रभाव पारेको धेरैले मान्ने गरेका छन्। दुई सयभन्दा बढी वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय ल...