केपी शर्मा ओली र बालेन शाह झापा–५ मा आमनेसामने

केपी शर्मा ओली र बालेन शाह झापा–५ मा आमनेसामने
झापा, फागुन १३ — झापा–५ को चुनावी मैदान यतिबेला असाधारण रूपमा तातेको छ। चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह रणनीतिक रूपमा उनको कार्यतालिकासँगै समय जुधाएर मतदातामाझ पुगिरहेका छन्। यसपटक ओली अघिल्ला चुनावझैँ देशव्यापी आमसभामा व्यस्त छैनन्। उनी दमकमा डेरा जमाएर घरदैलो र लक्षित भेट...

धादिङमा भीषण बस दुर्घटना : १७ जनाको ज्यान गयो, २४ घाइते

धादिङमा भीषण बस दुर्घटना : १७ जनाको ज्यान गयो, २४ घाइते
इटहरी । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस बिहान करिब १:३० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा उक्त मानवीय क्षति भएको हो। दुर्घटना रातको समयमा भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। दुर्घटनालग...

खनारका शिक्षासेवी पारथ सिंह राई रहेनन्।

खनारका शिक्षासेवी पारथ सिंह राई रहेनन्।
इटहरी । सुनसरीको खनारस्थित शारदा मा.वि. का पूर्व प्रधानाध्यापक तथा हालका प्रधानाध्यापक पिताम्बर सिंह राईका पूजनीय पिता पारथ सिंह राईको हिजो बेलुका करिब ११ बजे निधन भएको छ। परिवार स्रोतका अनुसार उहाँको आज मिति २०८२ फागुन ९ गते शनिबार अपराह्न ३:०० बजे इटहरीस्थित बुढीगंगा आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। शिक्षा क्षेत्रसँग नजिकबाट जोडिएका र सामाजिक रूपमा सक्रिय रहँदै आउनुभएका राईको निधनल...

म कसरी ‘साह’ बाट ‘शाह’ भएँ ?

म कसरी ‘साह’ बाट ‘शाह’ भएँ ?
पत्रपत्रिकामा लेखिने लेख रचनामा म आफ्नो नाम 'तुलानारायण साह' लेख्छु । नागरिकतामा पनि त्यही लेखाउन चाहन्थेँ तर लेखिएको छ 'तुला नारायण शाह' । एसएलसीदेखिको प्रमाण पत्रहरुमा नेपाली भाषामा लेखिएका कुनै प्रमाण पत्रमा तुला नारायण शाह त कुनैमा तुलानारायण शाह लेखिएको छ । प्रायःजसो अँग्रेजी भाषामा लेखिएका प्रमाणपत्रहरुमा Tula Narayan Shah लेखिएको छ । तर यसको आफ्नै कथा छ,अहिले बालेनको थरको विवाद र मेरो ...

मधेसी दल: बालेनको आलोचना किन ?

मधेसी दल: बालेनको आलोचना किन ?
नेपालको राजनीतिक परिदृश्यमा मधेस-केन्द्रित दलहरूको भूमिका सधैं आफ्नो मूल मुद्दाबाट बिचलित भै, अनुहारमा जालझेलका बिभिन्न सुत्रीय सम्झौताहरूको लेपन लाएर केन्द्रीय सत्तामा भागबण्डामा संतुष्टीको आनन्द लिने रहँदै आएको छ। यस पटक हुने निर्वाचनमा परिदृश्य बदलिएको छ। विगतका निर्वाचनहरूको तथ्यांक र वर्तमान प्रवृत्तिहरूले यो स्पष्ट पार्छ कि यी दलहरू अब मधेस प्रदेशमा मात्र सीमित भएका छन्, जहाँ मुख्यधारका ...

मतदाताको मनको स्वतन्त्रता: एउटा चुनौती !

मतदाताको मनको स्वतन्त्रता: एउटा चुनौती !
लोकतन्त्रको सुन्दरता मतपत्रमा होइन, मतदाताको मनमा हुन्छ । मतपत्र त केवल कागज हो; त्यसमा छापिने चिन्ह र नामहरू त केवल विकल्प हुन् । तर मतदाताको मन—त्यो स्वतन्त्र, सचेत र विवेकी हुन सकेन भने लोकतन्त्रको सम्पूर्ण संरचना खोक्रो बन्न पुग्छ । आज नेपालमा राजनीतिक दलहरूको प्रतिस्पर्धा भन्दा पनि गहिरो समस्या मतदाताको मनको स्वतन्त्रतामाथि परेको दबाब हो । नेपालले बहुदलीय लोकतन्त्रको यात्रामा अनेक मोडहरू...

झापा–५ मा नयाँ तरंगः बालेन्द्र शाहको घरदैलोले ततायो चुनावी माहोल

झापा–५ मा नयाँ तरंगः बालेन्द्र शाहको घरदैलोले ततायो चुनावी माहोल
इटहरी / काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। फागुन ४ गतेबाट औपचारिक रूपमा सुरु गरिएको अभियान यतिबेला गाउँ–टोल केन्द्रित संवादमा रूपान्तरित भएको छ। घर–घरमा पुग्दै, ‘एजेन्डा बनाम पुरानो राजनीति’ झापा–५ का विभिन्न बस्तीमा पुगेका बालेनले मतदातासँग...

एमालेद्वारा इटहरी–१७ का वडाध्यक्ष आचार्यमाथि कारबाही, छोराको उम्मेदवारीपछि विवाद चुलियो

एमालेद्वारा इटहरी–१७ का वडाध्यक्ष आचार्यमाथि कारबाही, छोराको उम्मेदवारीपछि विवाद चुलियो
सुनसरी — नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टीका आधिकारिक निर्णयविरुद्ध गतिविधि गरेको, पटक–पटक सचेत गराउँदा पनि नसुध्रिएको र दुई पटक सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी विधानअनुसार सदस्यता खारेज गरिएको एमालेले जनाएको छ। जिल्ला अध्यक्ष पशुपति यादवद्वारा ह...

लोकतन्त्रको आत्मामाथि मौन आक्रमण

लोकतन्त्रको आत्मामाथि मौन आक्रमण
चुनाव फेरि हाम्रो ढोकामा आइपुगेको छ । सडकका भित्ताहरूमा नयाँ पोस्टर टाँसिँदैछन् । चोकहरूमा मञ्च ठडिँदैछन् । माइकको परीक्षण हुँदैछ । नाराहरूको तालिम चलिरहेको छ । सामाजिक सञ्जालका भित्ताहरूमा राजनीतिक जोशको बाढी छ । तर यही उत्साहको भित्री तहमा एउटा गम्भीर मौनता छ देशको भविष्यबारे गहिरो संवादको अभाव प्रष्ट देखिएको छ । हामी कराउँदैछौं, तर के हामी गम्भीर रुपमा सोच्दैछौं ? हामी ताली बजाउँदैछौं, तर ...

महाशिवरात्रिमा सुनसरीका शिवालयमा भक्तजनको घुइँचो

महाशिवरात्रिमा सुनसरीका शिवालयमा भक्तजनको घुइँचो
सुनसरी /हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । यस अवसरमा सुनसरी जिल्लाका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ। भगवान् शिव को विशेष पूजा–आराधना गर्दै श्रद्धालुहरू व्रत बसेका छन् । शिवरात्रिको दिन व्रत, उपवास र रात्रि जागरण गरी शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। सोही विश्वासका ...