मड्रिड, स्पेन।
फिफा विश्वकप २०२६ को ऐतिहासिक उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई मड्रिडस्थित राजदरबार (Royal Palace) मा भव्य स्वागत गरिएको छ । राजा फिलिप छैटौँ र शाही परिवारले विश्वविजेता खेलाडीहरूलाई राजदरबारमा स्वागत गर्दै बधाइ ज्ञापन गरेका हुन् ।सोही ऐतिहासिक अवसर र राजदरबार आसपास क्षेत्रमा आयोजित भव्य विजय उत्सव (Victory Parade) मा नेपाली समुदायले पनि राष्ट्रिय झन्डासहित सहभागी भएर स्पेनिस टोलीको स्वागत गरेका छन् ।
नेपाली टोलीको उत्साहजनक सहभागितागैरआवासीय नेपाली संघ (NRNA) आइसिसी सदस्य तथा युवा व्यवसायी रोशन पाठकको नेतृत्वमा नेपाली टोली राजदरबार क्षेत्रको स्वागत र्यालीमा सहभागी भएको थियो। उक्त टोलीमा पुनम श्रेष्ठ, निरज श्रेष्ठ, र आईरा पाठक लगायतका नेपालीहरूको उपस्थिति रहेको थियो। लाखौँ खेलप्रेमीहरू सडकमा उत्रिएर विजयको खुसीयाली मनाइरहेका बेला नेपालीहरूले आफ्नो परम्परागत राष्ट्रियता झल्काउँदै नेपाली झन्डा फहराएका थिए।दुई देशबीचको सम्बन्धमा थप बलराजदरबारमा संस्थागत स्वागत र त्यसपछि मड्रिडको मुख्य चोकहरूमा भएको विजय उत्सवमा नेपालीहरूको यो सहभागिताले स्पेनिस समाजमा नेपाली समुदायको बलियो उपस्थितिलाई दर्शाएको छ । सहभागी रोशन पाठकका अनुसार, यस्तो ऐतिहासिक विश्वव्यापी खेल उत्सव र राजदरबारको स्वागत कार्यक्रमको माहोलमा नेपाली झन्डासहित सहभागी हुन पाउनु गौरवको कुरा हो। यसले स्पेन र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।स्पेनले आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको उपाधि चुमेको हो





