रिलायन्स स्पिनिङ मिल्स सहित विद्युत् महसुल नतिर्ने ६ ठूला उद्योगको लाइन काटियो !
सुनसरी — नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ६ ठूला उद्योगहरूको विद्युत् आपूर्ति काटेको छ। लोडसेडिङको समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगमाथि कारबाहीस्वरूप विद्युत् लाइन विच्छेद गरिएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ स्थित रिलायन्स स्पेनिङ मिल्स्को आज बिहान लाइन काटिएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण के...









