अनुयायी बलात्कार प्रकरण ; सिद्धबाबाले पाए उच्च अदालतबाट सफाइ !
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग खेप्दै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् ।
जिल्ला अदालत सुनसरीले दोस्रोपटक सफाइ दिएको फैसलालाई उच्च अदालत विराटनगरले समेत मङ्गलबार सदर गरेको हो । न्यायाधीशद्वय विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।
२०७६ कात्तिकमा एक महिला अनुयायीलाई आश्रममा ...









