मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र उपाध्यक्षमा तैयव हुसेन निर्वाचित

मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र उपाध्यक्षमा तैयव हुसेन निर्वाचित
सुनसरी / नेपालगन्जमा सम्पन्न मुस्लिम इत्तेहाद सङ्गठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी, महासचिवमा राज मोहम्मद अन्सारी र उपमहासचिवमा जबुल मियाँ चयन भएका छन्। त्यसैगरी, सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खा...

कोशीटप्पुमा पर्यटकको चाप बढ्दो, उल्लेखनीय राजस्व सङ्कलन !

कोशीटप्पुमा पर्यटकको चाप बढ्दो, उल्लेखनीय राजस्व सङ्कलन !
सुनसरी – कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढेको छ। अन्य वर्षहरूको तुलनामा यो वर्ष हिउँदको सुरुवातदेखि नै पर्यटकहरूको चहलपहल उच्च देखिएको छ। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार विशेषगरी आन्तरिक पर्यटकहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्कंदै गरेका गैँडा, र साइबेरियालगायत विभि...

इटहरीमा धारिलो हतियार प्रहार : एक व्यक्ति घाइते, आरोपी फरार !

इटहरीमा धारिलो हतियार प्रहार : एक व्यक्ति घाइते, आरोपी फरार !
इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित साथी पेट्रोल पम्प अगाडि धारिलो हतियार प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। शनिबार बिहान करिब ८.३० बजे रामधुनी नगरपालिका वडा नं. ९ निवासी र हाल इटहरी उपमहानगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका ४२ वर्षीय ज्ञानचन्द्र चौधरीमाथि अन्दाजी २६–२७ वर्षीय भरत साहले धारिलो हतियार प्रहार गरेका थिए। भरत साह इटहरी निवासी प्रह्लाद साहका छोरा ...

फेरि किन पक्राउ परे रेशम चौधरी ?

फेरि किन पक्राउ परे रेशम चौधरी ?
                                                                                                                                                                     सुनसरी / रेशम चौधरी पक्राउ पर्नुको कारण हो– सर्वोच्च अदालतको आदेश। टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरीलाई २०८० सालको गणतन्त्र दिवसमा आममाफी दिइएको थियो। तर, उक्त आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दायर गरेकी थिइन्।...

धनकुटामा चेकजाँचबाट भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद !

धनकुटामा चेकजाँचबाट भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद !
  सुनसरी /प्रहरीले धनकुटाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। कार चेकजाँचका क्रममा भाग्दा दुर्घटनामा परेको हो। आज बुधबार बिहान साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा कोशी लोकमार्गमा चेकप्वाइन्टमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस, मुलघाटको टोलीले को २ प १७३४ नम्बरको कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा भागेको थियो। पछ्याइरहेका सुरक...

यसकारण इटहरीमा ढिलाइ : एसियन हाइवेको निर्माणले लियो मोड !

यसकारण इटहरीमा ढिलाइ : एसियन हाइवेको निर्माणले लियो मोड !
इटहरी – कोसी प्रदेशमा निर्माणाधीन एसियन हाइवे परियोजनाको झण्डै २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर लामो यो सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। ३४ अर्ब ९० करोड रुपैयाँ लागतको परियोजनामा एसियन विकास बैंकले ८४.१ प्रतिशत र नेपाल सरकारले १५.९ प्रतिशत लगानी गरेको छ। सन् २०२४ फेब्रुअरी १ मा सुरु भएको परियोजना सन् २०२७ फेब्रुअरी १ भित्र ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अग्नाशय क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न !

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अग्नाशय क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न !
धरान / वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशय (Pancreas) मा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो। ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क...

इटहरी उपमहानगर ‘हाकिमविहीन’, विकासदेखि भुक्तानीसम्म ठप्प !

इटहरी उपमहानगर ‘हाकिमविहीन’, विकासदेखि भुक्तानीसम्म ठप्प !
इटहरी /इटहरी उपमहानगरपालिका पछिल्लो समय ‘हाकिमविहीन’बनेको छ। प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व नहुँदा नगरको आर्थिक,प्रशासनिक र विकास निर्माणसम्बन्धी काम ठप्प भएको छ। गत फागुन २१ गते आएका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसालले चैत २४ मै काठमाडौँ सरुवा मिलाएका छन्। एक महिनामै सरुवा प्रक्रिया थालेपछि नगरमा अनिश्चितता उत्पन्न भएको हो। हाल नगरमा १५ दिनदेखि प्रशासकीय नेतृत्व शून्य बनेको छ। लेखा ...

कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता !

कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता !
 इटहरी — सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा इटहरी–१६, बालग्रामका १६ वर्षीय जेनिस आचार्य र उनका मामा, खोटाङ जिल्लाको कोपिलास गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ८:३० बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा जेनिस डुब्न थालेपछि उनलाई बचाउन खसेका मामा नवराज पनि...

सुनसरीको तरहरामा तीव्र गतिमा दौडेको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

सुनसरीको तरहरामा तीव्र गतिमा दौडेको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
 सुनसरी जिल्लाको इटहरीमा शनिबार राति भएको एक भीषण कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११ बजे तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक किनारको जामुनको रूखमा ठोक्किएको हो। दुर्घटनामा परी इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प...