लागु औषध विरुद्ध विद्यालय अभियान इटहरीमा सुरु !
इटहरी —पछिल्लो समय बालबालिकामाझ लागु औषधको प्रयोग बढ्दै गएका कारण इलाका प्रहरी कार्यालय इटहरीले विद्यालयस्तरीय सचेतना अभियान सुरु गरेको छ। युवा अवस्था र साथीसँगको प्रभावका कारण सामान्य रूपमा सुरु भएको लागु औषध प्रयोग क्रमशः कडा औषधिको कुलतमा रूपान्तरण हुँदै गएको प्रहरीको अध्ययनले देखाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु गरिएको यो अभियानको सुरुवात इटहरीस्थित विश्व आदर्श माध्यम...









