खनारमा घरेलु विवादका बीच श्रीमान्‌द्वारा श्रीमतीको हत्या

खनारमा घरेलु विवादका बीच श्रीमान्‌द्वारा श्रीमतीको हत्या
इटहरी /सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा खनारमा सोमबार साँझ भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ। खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको चिरपटले प्रहार गरेका थिए। टाउको, नाक र कानमा गम्भीर चोट लागेका कारण भट्टराईलाई तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइए...

इटहरी प्रहरीले चाडपर्व लक्षित सुरक्षा कडाइ गर्‍यो !

इटहरी प्रहरीले चाडपर्व लक्षित सुरक्षा कडाइ गर्‍यो !
इटहरी /चाडपर्वको अवसरमा बढ्न सक्ने अपराध नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले सक्रियता बढाएको छ। इटहरीका डीएसपी सुवास हमालका अनुसार जेन्जी आन्दोलनपछि प्रहरीको उपस्थिति कमजोर देखिएको अवस्थामा चाडपर्वलाई लक्षित गर्दै अपराधी समूह सक्रिय हुन सक्ने आँकलनसहित प्रहरी सतर्कता उच्च बनाइएको हो। “चाडपर्वको मौका छोपेर जुवातास, चोरी–पैठारीलगायतका गतिविधि बढ्ने सम्भावना रहन्छ। साथै आन्दोलनका क...

साम्प्रदायिक तनाव बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक !

साम्प्रदायिक तनाव बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक !
विराटनगर, असोज १० – भारतको जोगवनी बजारमा उत्पन्न साम्प्रदायिक तनावका कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ। शुक्रबार बिहान मुस्लिम समुदायले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गरिएको आपत्तिजनक टिप्पणीको विरोध गर्दै प्रदर्शन सुरु गरेको थियो। सोही क्...

ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताको राहदानी रोक्का गर्ने तयारीमा सरकार !

ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताको राहदानी रोक्का गर्ने तयारीमा सरकार !
इटहरी ९– सरकारले जेन–जी आन्दोलनको दमनमा संलग्न रहनुका साथै सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) को अनुसन्धानमा परेका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी थालेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसबारे मन्त्रिपरिषद् स्तरमै छलफल अघि बढाएको छ। राहदानी रोक्का सूचीमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ...

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै !

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै !
काठमाडौं, असोज ९ – प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि सम्बोधनको कार्यतालिका औपचारिक रूपमा तय गरिएको हो। भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीको यो प्रधानमन्त्री पदभार ग्रहण गरेपछि जनतासमक्ष प्रत्यक्ष सम्बोधन गर्ने पहिलो अवसर हो। पूर्व...

प्रहरीका ९० जना डीएसपीहरुको सरुवा !

प्रहरीका ९० जना डीएसपीहरुको सरुवा !
इटहरी  / नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरका विभिन्न इकाईमा कार्यरत डीएसपीहरूको सरुवा भएको हो । यस सरुवामा पूर्वदेखि पश्चिमसम्मका महत्वपूर्ण इलाका प्रहरी कार्यालय र वृत्त समेटिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल प्रहरी वृत्त बौद्धमा सन्तोष रोका पर्वतमा विजय यादव...

मध्यावधिपछि पनि असम्भव देखिँदै छ संविधान संशोधन !

मध्यावधिपछि पनि असम्भव देखिँदै छ संविधान संशोधन !
इटहरी / ‘जेनजी’ आन्दोलनका प्रमुख मागमध्ये एक हो—कार्यकारी प्रमुखलाई प्रत्यक्ष जननिर्वाचनमार्फत चयन गर्ने व्यवस्था। उनीहरूले कार्यकारी प्रधानमन्त्री चाहेका हुन् वा राष्ट्रपति भन्ने कुरा स्पष्ट नभए पनि यो माग तत्काल पूरा हुने सम्भावना भने देखिँदैन। २०७२ सालको संविधानअनुसार अहिले कार्यकारी अधिकार संसद्बाट निर्वाचित प्रधानमन्त्रीसँग निहीत छ। तर, ‘जेनजी’ आन्दोलनको भावना भने प्रत्यक्ष जननिर्वाचनमार्फ...

नेकपा एमालेले आफ्नो मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीको !

नेकपा एमालेले आफ्नो मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीको !
नेकपा एमालेले आफ्नो मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीक तस्बिररहित ब्यानर झुण्ड्याएको छ ! एमाले कार्यकर्ताले आज लगेर  पुष्पलाल,मदन र मनमोहनको मात्रै तस्विरवाला ब्यानर झुन्ड्याएका हुन् । ब्यानरमा ‘फेरि उठ्ने छौँ’ लेखिएको छ। ‘एमालेको एकता बचाऊँ,कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ। भदौ २० देखि २२ गतेसम्म गोदावरीमा सम्पन्न एमाले दोस्रो विधान महाधिवेशनमा ओलीको मात्रै एकछत्र थियोे

कुलमानद्वारा मन्त्री अस्वीकार, दुर्गा प्रसाईको भागमा २ मन्त्री !

कुलमानद्वारा मन्त्री अस्वीकार, दुर्गा प्रसाईको भागमा २ मन्त्री !
काठमाडौं । आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । जीन–जी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रसाईं र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको एक्ससाइज थालेकी हुन् । आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन् ...

सुशीला र सुदनले अड्डी कसेको कस्यै !

सुशीला र सुदनले अड्डी कसेको कस्यै !
    इटहरी /अन्तरिम सरकारको नेतृत्व गर्न लागेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र जेनजी नेता सुदन गुरुङ संसद विघटनका पक्षमा कडा अडानमा उभिएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी शक्तिबीच भएको त्रिपक्षीय वार्तामा कार्की र गुरुङले संसद विघटनलाई “बटमलाइन” बनाएका हुन्। तर, प्रधानमन्त्रीको शपथ संसद विघटनअघि कि पछि भन्नेमा कुरा अड्किएको छ। यो विवाद चुलिँदै जाँ...