एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
इटहरी / इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ।
उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो।
झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो...








