सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला !
सुनसरी / सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ।
सशस्त्र प्रहरी बल ९एपीएफ०का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो। सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो।
गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्...









