हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु !
काठमाडौँ । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टी हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ।
दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र ...









