सुनसरीमा ठुलो परिमाणमा गाँजासहित चार युवक पक्राउ !

सुनसरीमा ठुलो परिमाणमा गाँजासहित चार युवक पक्राउ !
सुनसरी /सुनसरीमा गाँजासहित चार जना व्यक्तिलाई प्रहरीेले पक्राउ गरेको छ । जिल्लाको कोशी गाँउपालिका वडा नं. ७ हरीपुरमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कालो त्रिपालले पछाडिको भागमा छोपिएको प्र. १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालक ट्रक छाडेर भागेका थिए । उक्त ट्रकको डालाको भागमा फलामको पाताले वेल्डिङ गरी बक्स आकारको फल्स बटम बनाई उक्त बटमभित्र लुकाईछिपाई लैजा...

कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भण्डारी !

कोशी प्रदेशमा  आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भण्डारी  !
सुनसरी / कोशी प्रदेशको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई कानुनमन्त्री नियुक्त गर्न लागेका हुन्। उनलाई शपथ गराइँदै छ। तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका थिए। भण्डारी सुनसरीबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्।

चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ !

चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ !
इटहरी / चारेको चेक लिएर बैंक पुगेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका ६ खर्सालका १९ वर्षीय सुमित सागर यादव र २३ बर्षका टंकप्रसाद यादवलाई प्रहरीले १६ वटा चेकसहित पक्राउ गरेको हो। उनीहरुले विभिन्न बैंकका हस्ताक्षरसहितका ६ वटा र खाली ८ वटा चेक चोरी गरेको प्रहरीको आरोप छ। मंसिर ७ गते दिउँसो साढे २ बजे मोरङको बुढीगंगा गाउँपालिका ४ को मनमोहन स्मृति पोलिटेक्नि...

खनारमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा , रिजालको मृत्यु !

खनारमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा , रिजालको मृत्यु !
इटहरी  / इटहरीमा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको खनार ट्राफिक प...

इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशन हुँदै, के छ तयारी ?

इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशन हुँदै, के छ तयारी ?
इटहरी / इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशनको हुँदैछ । इटहरी जेसीजको आतिथ्यतामा आगामी पुस ६, ७ र ८ गते नेपाल जेसीजको महाधिवेशन हुने भएसँगै तयारी थालिएको हो । महाधिवेशन निर्देशक दीपक ढकालकाअनुसार इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्राङ्गणमा महाधिवेशन हुनेछ । जहाँ अहिले स्टल निर्माणको काम भइरहेको छ । ‘पाहुनाहरूलाई बस्ने होटल, खानेको व्यवस्था र स्टल निर्माणाधीन अवस्थामा छ,’ उनले भ...

खनारमा तिन सुरक्षा निकायको संयुत्त सुरक्षा कडाइ !

खनारमा तिन सुरक्षा निकायको संयुत्त सुरक्षा कडाइ !
इटहरी / पछिल्लो समय सवारी दुर्घटनासगैं अपराधिक घटना वढेपछि इटहरी उपमहानगरपालिकाको खनार क्षेत्रमा व्यापक सुरक्षा कडाइ गरिएको छ । एक साता अघि सड्क दुघटनामा परी स्थानिय सन्झना यादवले ज्यान गुमाएपछि भएको बस आगजनी ,तोडफोड र दमकल माथिको तोडफोडले सुरक्षा निकाय सर्तक बनेको छ । स्थानिय प्रहरी युनिटकहरुको आवश्यक कार्यगत एकताको अभावमा घटन नियन्त्रण गर्न असफल भएको भन्दै माथिल्लो तहवाट खनार प्रहरी चौकि,ट्...

खनार सड्क दुर्घटनाका बिषयमा बस्यो सर्वदलिय वैठक ,के के भयो निर्णय ?

खनार सड्क दुर्घटनाका बिषयमा बस्यो सर्वदलिय वैठक ,के के भयो निर्णय ?
इटहरी / मंसिरर २ गते खनारमा भएको सवारी दुर्घटनामा स्थानिय सन्झना यादवले ज्यान गुमाए पछि उत्पन्न परिस्थितिका विषयमा इटहरी उपमहानगरपालिकामा सर्वपक्षिय वैठक वसेको छ । वैठकमा भएको वृहत छलफलमा कोशी प्रदेशमा सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रमुख  जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन ...

खनारमा भेटियो चोरीको मोटरसाइकिल !

खनारमा भेटियो चोरीको मोटरसाइकिल !
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा प्रहरीले एक थान चोरीको मोटरसाइकिल फेला पारेको छ । फेला परेको सो मोटरसाइकिल आजै खनार प्रहरी चौकीले सवारी धनी वुढिगङ्गा वडा नम्बर ३ वस्दै आएका मनोज वानियालाइ हस्तारन्तरण गरेको छ । गएको कार्तिक ३० गते वेलुका खनार चौक स्थित श्याम मेडिकल अगाडिवाट मोटरसाकिल चोरी भएको थियो । प्रदेश १ ०२ र ०४४ प ३१३५ नम्बरको मोटरसाकिल आज विहान प्रहरीले सामुदायिक टोलमा लावार...

उपनिर्वाचन २०८१ स् उम्मेदवारी दर्ता आज !

उपनिर्वाचन २०८१ स् उम्मेदवारी दर्ता आज !
विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनय पत्र दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले उमेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन हुने बताउनुभयो । उपनिर्वाचनका लागि शुक्रबार...

मन्त्री राइलाइ कोशी सरकारको प्रवक्ताको जिम्मेवारी !

मन्त्री राइलाइ कोशी सरकारको प्रवक्ताको जिम्मेवारी !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएका छन् । सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीले राईलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका राई कांग्रेसको नेतृत्व गर्दै सरका...