छठ पर्व आजदेखि सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै !
इटहरी , कात्तिक ८ गते । सूर्यदेवको आराधनाको महान् पर्व छठ आजदेखि श्रद्धा र भक्तिभावसहित चार दिनसम्म मनाइँदैछ। मिथिलाञ्चल र सम्पूर्ण तराई–मधेशका जनसमुदाय अहिले छठमय बनेका छन्।
पहिलो दिन आज ‘नहाय–खाय’ विधिले पर्वको आरम्भ गरिएको छ। ब्रतालुहरूले बिहानै नदी, पोखरी वा जलाशयमा स्नान गरी शुद्ध भई अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ। यो दिनलाई आत्मशुद्धि र भक्ति यात्राको प्रारम्भका रूपमा ल...









