…अनि भयो गभर्नरमा सहमति !

…अनि भयो गभर्नरमा सहमति !
सुनसरी  । साढे दुई महिनादेखि लम्बिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवाद अन्ततः टुंगिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलवार भएको छलफलपछि नयाँ गभर्नरको नियुक्तिमा सहमति जुटेको हो। कांग्रेस उच्च स्रोतका अनुसार दुवै नेताले प्रा.डा. विश्वनाथ पौडेललाई नयाँ गभर्नर नियुक्त गर्ने सहमति गरेका छन्। नाममा सहमति जुटेसँगै आजै ...

खनारको रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ !

खनारको रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ !
इटहरी / रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय नाफा कमाएको छ। बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको कुल नाफा ५ करोड ३ लाख रुपैयाँको तुलनामा साढे ६ गुणा बढी हो। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि बढ्दै २५ रुपैयाँ ४९ पैसामा पुगेको ...

४६ परियोजनामा १ खर्ब ५२ अर्ब लगानी भित्र्याउने सम्झौता !

४६ परियोजनामा १ खर्ब ५२ अर्ब लगानी भित्र्याउने सम्झौता !
विराटनगर /  कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशका विभिन्न ७ क्षेत्रका ४६ परियोजनामा करिब १ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी भित्र्याउने गरी लगानीकर्तासँग सम्झौता गरेको छ। शुक्रवार लगानीकर्ता र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाबीच सम्झौता भएको हो। प्रारम्भिक अनुमानमा सरकार दुई दर्जन परियोजनामा लगानी अपेक्षा गरिरहेको भए पनि त्यसको दोब्बरभन्दा बढी परियोजनामा लगानी प्रत...

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !
इटहरी / इटहरी उपमहानगरपालिकाले सहकारी संस्थाहरुद्वारा लिइएको ऋण नतिर्ने व्यक्तिहरूका लागि कडा कारबाहीको तयारी गरेको छ। नगरपालिकाले लामो समयसम्म ऋण नतिर्ने र अटेर गर्ने व्यक्तिहरूलाई प्रदान गरिने सरकारी सेवा सुविधा रोक्ने कानुन अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार, सहकारी संस्थाहरूबाट ऋण लिई समयमा तिर्न अटेर गर्नेहरूका लागि कडा कदम चालिन...

सुनसरीमा फैलियो स्वाइन फ्लु !

सुनसरीमा फैलियो स्वाइन फ्लु !
सुनसरी / सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर को संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो दुई दिनमै २५ वटा बंगुर मरेका र थुप्रै बिरामी परेका कारण नगरपालिकाले सतर्कता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ। नगरप्रमुख वेद नारायण गच्छादारले संक्रमण बढ्दै गएको खबर पाएपछि दुहबी इलाका प्रहरी, शसस्त्र प्रहरी, पशु सेवा शाखा र विभिन्न वडाका अध्यक्षहरूको आकस्मिक बैठक ...

कोशी प्रदेशमा पहिलो बाँस सम्मेलन हुदै !

कोशी प्रदेशमा पहिलो बाँस सम्मेलन हुदै !
सुनसरी / नेपालकै इतिहासमा पहिलोपटक खोटाङको दिक्तेल बजारमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिँदै छ । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे खेल मैदानमा फागुन १५, १६ र १७ गते बाँस ...

सुनसरीमा घट्दैछ तोरी खेती !

सुनसरीमा घट्दैछ तोरी खेती !
सुनसरी /सुनसरी जिललामा पछिल्लो समय हिउँदे मौसममा लगाइने तोरी खेती किसानले कम लगाउन थालेका छन् । तोरी खेतीभन्दा मकै खेतीबाट फाइदा हुन थालेपछि किसानको आकर्षण मकै खेतीतर्फ बढ्न थालेको छ । जसका कारणले जिल्लामै तोरी खेती यस वर्ष कम भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार तोरी खेतीभन्दा मकै खेतीमा किसानको आकर्षण बढ्दा जिल्लामा यस वर्ष तोरी खेती घटेको हो । तोरी ख...

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी !

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी !
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, “ ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर स...

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गर...

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !
काठमाडौँ । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न तयार भएका छन् । दुवै कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन्। अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ । ती दुई उद्योगले महसुल तिर...