खनारका महिलाहरूलाई स्वरोजगारमुखी अचार बनाउने तालिम सुरु !
इटहरी — महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारमा जोड दिनका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न पेशामुखी तालिम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा सात दिने अचार बनाउने तालिम सुरु गरिएको छ। घरेलु उत्पादनलाई प्रोत्साहन गर्दै आम्दानी वृद्धि गर्ने उद्देश्यसहित यो तालिम संचालनमा ल्याइएको हो।
तालिम महिला तथा बालबालिका सरोकार केन्द्र, इटहरी–८ को आयोजनामा तथा इ...








