आइपिओ निष्कासनको तयारीमा इटहरीको गरिमा होटेल !

आइपिओ निष्कासनको तयारीमा इटहरीको गरिमा होटेल !
इटहरी – इटहरीको चर्चित होटल ‘सोल्टी वेस्टेन्ड’ को स्वामित्वमा रहेको होटेल गरिमा लिमिटेडले पहिलो पटक प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत नेपाली पुँजी बजारमा प्रवेश गर्ने तयारी थालेको छ। शुक्रवार (जेठ २३) मा होटेल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटल लिमिटेडबीच ‘रोडम्याप टु आइपिओ’ विषयक रणनीतिक सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले होटेल गरिमालाई आइपिओ प्रक्रिया सम...

२५औँ अन्तर्राष्ट्रिय दूध दिवस विभिन्न कार्यक्रमसहित मनाइयो !

२५औँ अन्तर्राष्ट्रिय दूध दिवस विभिन्न कार्यक्रमसहित मनाइयो !
सुनसरी / आज जुन १ (जेठ १९ गते) २५औँ अन्तर्राष्ट्रिय दूध दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सन् २००१ देखि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO)को पहलमा प्रत्येक वर्ष यो दिवस मनाउँदै आइएको हो। दुग्ध क्षेत्रले पोषण, खाद्य सुरक्षामा पुर्‍याएको योगदान र किसानको जीविकोपार्जनमा खेलेको भूमिकाको सम्मानमा यो दिवस मनाउने गरिन्छ। यसै अवसरमा सुनसरी जिल्लाका विभिन्न स्था...

भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान चिन्तित !

भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान चिन्तित !
झापा, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र भारतबाट झापाको काँकडभिट्टा नाकामार्फत ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै ५ लाख १० हजार २३० केजी खरबुजा, जसको मूल्य १ करोड ३३ लाख ७ हजार रुपैयाँ पर्छ, नेपाल भित्रिएको छ। चैत महिनामा खरबुजा आयात उच्चतम र...

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास !

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास  !
इटहरी — स्थानियको बारम्बार विरोध र कानुनी प्रक्रिया नपुगेको भन्दै इटहरी उपमहानगरपालिकाले बन्द गर्न निर्देशन दिएको इटहरी–१० स्थित अक्सफाल्ट प्लान्ट उद्योगले उद्योग सञ्चालनका लागि विविध प्रपञ्च अपनाउँदै आएको खुलासा भएको छ। रानी–विराटनगर–धरान–छलेन सडक निर्माण परियोजनाको लागि अस्थायी रुपमा स्थापना गरिएको यो उद्योग, परियोजनाको काम सम्पन्न भइसकेपछि पनि निरन्तर रूपमा सञ्चालनमा रहेको पाइएको छ। ‘भूम...

…अनि भयो गभर्नरमा सहमति !

…अनि भयो गभर्नरमा सहमति !
सुनसरी  । साढे दुई महिनादेखि लम्बिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवाद अन्ततः टुंगिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलवार भएको छलफलपछि नयाँ गभर्नरको नियुक्तिमा सहमति जुटेको हो। कांग्रेस उच्च स्रोतका अनुसार दुवै नेताले प्रा.डा. विश्वनाथ पौडेललाई नयाँ गभर्नर नियुक्त गर्ने सहमति गरेका छन्। नाममा सहमति जुटेसँगै आजै ...

खनारको रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ !

खनारको रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ !
इटहरी / रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय नाफा कमाएको छ। बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको कुल नाफा ५ करोड ३ लाख रुपैयाँको तुलनामा साढे ६ गुणा बढी हो। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि बढ्दै २५ रुपैयाँ ४९ पैसामा पुगेको ...

४६ परियोजनामा १ खर्ब ५२ अर्ब लगानी भित्र्याउने सम्झौता !

४६ परियोजनामा १ खर्ब ५२ अर्ब लगानी भित्र्याउने सम्झौता !
विराटनगर /  कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशका विभिन्न ७ क्षेत्रका ४६ परियोजनामा करिब १ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी भित्र्याउने गरी लगानीकर्तासँग सम्झौता गरेको छ। शुक्रवार लगानीकर्ता र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाबीच सम्झौता भएको हो। प्रारम्भिक अनुमानमा सरकार दुई दर्जन परियोजनामा लगानी अपेक्षा गरिरहेको भए पनि त्यसको दोब्बरभन्दा बढी परियोजनामा लगानी प्रत...

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !
इटहरी / इटहरी उपमहानगरपालिकाले सहकारी संस्थाहरुद्वारा लिइएको ऋण नतिर्ने व्यक्तिहरूका लागि कडा कारबाहीको तयारी गरेको छ। नगरपालिकाले लामो समयसम्म ऋण नतिर्ने र अटेर गर्ने व्यक्तिहरूलाई प्रदान गरिने सरकारी सेवा सुविधा रोक्ने कानुन अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार, सहकारी संस्थाहरूबाट ऋण लिई समयमा तिर्न अटेर गर्नेहरूका लागि कडा कदम चालिन...

सुनसरीमा फैलियो स्वाइन फ्लु !

सुनसरीमा फैलियो स्वाइन फ्लु !
सुनसरी / सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर को संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो दुई दिनमै २५ वटा बंगुर मरेका र थुप्रै बिरामी परेका कारण नगरपालिकाले सतर्कता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ। नगरप्रमुख वेद नारायण गच्छादारले संक्रमण बढ्दै गएको खबर पाएपछि दुहबी इलाका प्रहरी, शसस्त्र प्रहरी, पशु सेवा शाखा र विभिन्न वडाका अध्यक्षहरूको आकस्मिक बैठक ...

कोशी प्रदेशमा पहिलो बाँस सम्मेलन हुदै !

कोशी प्रदेशमा पहिलो बाँस सम्मेलन हुदै !
सुनसरी / नेपालकै इतिहासमा पहिलोपटक खोटाङको दिक्तेल बजारमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिँदै छ । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे खेल मैदानमा फागुन १५, १६ र १७ गते बाँस ...