ससुराका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक समस्यामा !
काठमाडौं । भारतीय कम्पनी इन्फोसिसलाई लिएर बेलायतमा ठूलो विवाद भएको छ । विपक्षी लेबर पार्टीले इन्फोसिसका सहसंस्थापक नारायण मूर्ति प्रधानमन्त्री ऋषि सुनकका ससुरा भएको र सुनककी श्रीमतीको पनि इन्फोसिसमा सेयर रहेको भन्दै कम्पनीलाई बेलायतमा प्रभावकारी रूपमा ‘भीआईपी एक्सेस’ दिएको आरोप लगाएको छ ।
मिडिया रिपोर्टका आधारमा विपक्षी दलले बेलायती प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएको हो । बेलायती साप्ताहिक प...


