हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन !
इटहरी । नेपाली संगीत तथा फिल्म क्षेत्रका चर्चित गायक–नायक प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन–३ का विजेता तथा नेपाली फिल्मका लोकप्रिय कलाकार तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।
प्रशान्त तामाङको निधनको खबर सार्वजनिक भएसँगै नेपाली कला–संगीत क्षेत्र शोकमा डुबेको छ। उनका सहकर्मी, कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
गायक प...









