सुनसरी–मोरङ औद्योगिक करिडोरमा बाढी !
इटहरी / अविरल वर्षापछि आएको बाढीले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी इटहरी र दुहबी खण्डमा पर्ने प्रमुख उद्योगहरू डुबानमा परेपछि उद्योगीहरू चिन्तित बनेका छन्।
स्थानीय ट्याङ्ग्रा खोलामा आएको आकस्मिक बाढीले इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स, प्रगति टेक्सटाइल र दुहबीस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड लगायतका उद्योगहरूमा पानी पसेको हो। बाढीका कारण...







