इटहरीमा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने !

इटहरीमा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने !
सुनसरी ।इटहरी भलिबल क्लबको आयोजनामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिता आगामी माघ ७ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा आयोजना गरिने आयोजक क्लबले जनाएको छ। खेलकुद शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आयोजकले इटहरी क्षेत्र कुनै समय भलिबल खेलको उर्वरभूमिका रूपमा चिनिन्थ्यो भन्ने स्मरण गराएको छ। विगतमा २०४७, २०४८, २०७३ ...

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै !

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै !
सुनसरी ।पूर्वको प्रतिष्ठित शैक्षिक संस्था इटहरीस्थित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने अन्तिम तयारी पूरा गरेको छ। क्याम्पस परिसरमै आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विकास केसीले उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए। उनक...

कोशीमा कांग्रेसको टिकट दौड : पुस्तान्तरण बहसबीच पुराना नेताकै दबदबा !

कोशीमा कांग्रेसको टिकट दौड : पुस्तान्तरण बहसबीच पुराना नेताकै दबदबा !
इटहरी । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ‘यो मेरो अन्तिम पटक’ भन्दै मतदातासँग भोट मागेका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला नटुंगिँदै चुनाव लडेका गच्छदार सो निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भए । २०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदार पराजित भएपछि अब उम्मेदवार नबन्ने अपेक्षा पार्टीभित्र व्यापक थियो । स्वयं ...

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न ३५ दिने सूचना !

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न ३५ दिने सूचना !
इटहरी । इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ। हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो। बैंकले ब्लाष्ट टाइम्स दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता...

पुर्वाञ्चलको अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि क्याफे ,उद्योगको बचाउ–विज्ञप्ति !

पुर्वाञ्चलको अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि क्याफे ,उद्योगको बचाउ–विज्ञप्ति !
इटहरी ।उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उद्योग तथा क्याफेमा सरकारी अनुगमनका क्रममा म्याद गुज्रिएका  खाद्यवस्तु भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित उद्योगले आत्मआलोचना र सुधारको प्रतिवद्धता जनाउनु साटो विज्ञप्ति निकालेर आफूलाई निर्दोष देखाउने प्रयास गरेको भन्दै आलोचना बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाको नेतृत्वमा इटहरीस्थित पूर्वाञ्चल मिल्क एण्ड ...

खनारकी सामाजिक व्यक्तित्व सिता देवी ढकालको असामयिक निधन !

खनारकी सामाजिक व्यक्तित्व सिता देवी ढकालको असामयिक निधन !
इटहरी । खनार क्षेत्रकी चर्चित सामाजिक व्यक्तित्व सिता देवी ढकालको असामयिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनु भएकी इटहरी उपमहानगरपालिका–१२, खनार निवासी ढकालको गए राति करिब १ बजे आफ्नै निवासमा निधन भएको हो। युवा अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै विभिन्न सामाजिक तथा संघ–संस्थामार्फत समाजसेवामा समर्पित ढकालको निधनले खनार क्षेत्र शोकमा डुबेको छ। स्थानीयवासीहरूका अनुसार सामाज...

सुन्दरहरैँचा–१२ मा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु !

सुन्दरहरैँचा–१२ मा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु !
इटहरी / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई जंगली हात्तीले आक्रमण गरेको हो। स्थानीयका अनुसार घिमिरे बिहान दूध बेच्न निस्कने क्रममा करिब बिहान ५ बजेतिर हात्तीको आक्रमणमा परेका थिए। आक्रमण यति भीषण थियो कि घटनास्थलमै उहाँको मृत्यु भएको जनाइएको छ। पछिल्लो समय बेलबारी र सुन्दरहरैँचा क्षेत्र आसपासमा जंगली हा...

इटहरी–१३ बाट ठूलो परिमाणको गाँजा बरामद, दुई जना पक्राउ !

इटहरी–१३ बाट ठूलो परिमाणको गाँजा बरामद, दुई जना पक्राउ !
सुनसरी । इटहरी उपमहानगरपालिका–१३ अन्तर्गत खनार क्षेत्रमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। केहि समयदेखि खनार क्षेत्र हुँदै गाँजा भारत तर्फ पैठारी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी इन्चार्ज सई प्रहलाद बोगटीको नेतृत्वमा प्रहरीले निगरानी कडा गरेको थियो। उक्त क्रममा गएराति करिब ८ बजे दुईवटा मोटरसाइकलमा सवारी भइरहेका व्यक्तिहरूलाई शंका लागेपछि रोककि चेकजाँच गर्दा करिब २० किलो गाँज...

सुनसरीमा सीमा स्तम्भ मर्मत तथा रंगरोगनको कार्य सुरु !

सुनसरीमा सीमा स्तम्भ मर्मत तथा रंगरोगनको कार्य सुरु !
सुनसरी / कोसी प्रदेश अन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगनको कार्य औपचारिक रूपमा सुरु भएको छ । सन २०१४ तिर निर्माण तथा मर्मत गरिएका अधिकांश स्तम्भ समयसँगै जीर्ण, क्षतिग्रस्त र खुइलिएको देखिएपछि दुवै देशका सुरक्षा निकायको समन्वयमा पुनःमर्मत कार्यलाई तिव्रता दिइएको हो । यसै क्रममा नेपाली तथा भारतीय पक्षका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सुनसरीको सी...

सुनसरी–३ बाट एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री गच्छदारको प्रयास असफल !

सुनसरी–३ बाट एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री गच्छदारको प्रयास असफल !
इटहरी  /  फागुन २१ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ बाट पूर्वमन्त्री विजयकुमार गच्छदारले राखिएको एकल नाम सिफारिस गर्ने प्रयास अन्ततः असफल भएको छ। अधिकांश क्षेत्रीय समितिले पहिले नै जिल्ला समितिमा प्रस्ताव पठाइसके पनि, सुनसरी–३ मा गच्छदार समूहको दबाबका कारण बैठक लामो समयसम्म चलेको थियो। दुहबीस्थित एक पार्टी प्यालेसमा बसेको क्षेत्रीय समितिको बैठक बिहान ११ बजेदेखि स...