इटहरी उपमहानगरको कडा एक्सन : अलपत्र योजना छाड्ने ठेकेदारलाई १५ दिने अल्टिमेटम !
इटहरी :विकास निर्माणका महत्त्वपूर्ण योजनाहरू अधुरो छाडेर ठेकेदारहरू सम्पर्कविहीन बनेपछि इटहरी उपमहानगरपालिकाले कडा कदम चालेको छ। पटक–पटकको ताकेता र सार्वजनिक सूचना बेवास्ता गरेपछि उपमहानगरले ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको हो।
उपमहानगरका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार सम्बन्धित ठेक...








