रास्वपा मोदीका लागि खतरा

रास्वपा मोदीका लागि खतरा
विराटनगर, फागुन २२ – मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेकपाका नेता तथा पूर्वमन्त्री अमनलाल मोदी झण्डै १० हजार मतले पछि परेका छन्। अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार सन्तोष राजवंशी ले अग्रता कायम राख्दै १८ हजार ३० मत प्राप्त गरेका छन्। यता मोदीले ८ हजार ६४ मत पाएका छन्, जसका कारण उनी ठूलो मतअन्तरले पछि परेका हुन्। त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले ६ हजार ३२८ मत...

हार निश्चित भएपछि रञ्जित तामाङको प्रतिक्रिया: ‘जनताले पुराना दललाई सबक सिकाए’

हार निश्चित भएपछि रञ्जित तामाङको प्रतिक्रिया: ‘जनताले पुराना दललाई सबक सिकाए’
इटहरी / रञ्जित तामाङ ले झापा–५ को निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने निश्चित देखिएपछि जनताले पुराना राजनीतिक दललाई सबक सिकाएको प्रतिक्रिया दिएका छन्। झापा–५ बाट उम्मेदवारी दिएका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस पटकको जनमतले परम्परागत दलप्रति असन्तुष्टि प्रकट गरेको बताएका हुन्। उनका अनुसार मतदाताले परिवर्तनको अपेक्षासहित नयाँ शक्तिलाई अवसर दिएका छन्। तामाङले जनताको निर्ण...

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वीकारे कांग्रेसको हार

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वीकारे कांग्रेसको हार
इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक परिणामप्रति प्रतिक्रिया दिँदै पार्टीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्। उनले मतदाताको निर्णयलाई लोकतान्त्रिक अभ्यासको सम्मानजनक अभिव्यक्ति भन्दै त्यसलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले वर्तमान परिणामलाई संयमतापूर्वक स्वीकार ग...

खराब मौसमका कारण झापामा अवतरण हुन सकेन, बालेन सवार हेलिकप्टर काठमाडौं फर्कियो

खराब मौसमका कारण झापामा अवतरण हुन सकेन, बालेन सवार हेलिकप्टर काठमाडौं फर्कियो
इटहरी २१ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा Balen Shah सवार हेलिकप्टर झापामा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ। हेली एभरेस्ट को ९N–AOB नम्बरको हेलिकप्टरमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापातर्फ प्रस्थान गरेको थियो। तर झापा क्षेत्रमा मौसम प्रतिकूल भएपछि हेलिकप्टरले त्यहाँ अवतरण गर्न सकेन। मौसमको अवस्था सुरक्षित नभए...

झापा–५ ‘इलेक्सन इपिसेन्टर’ उच्च सुरक्षा घेरामा निर्वाचन, सेनाको हाई-अलर्ट

झापा–५ ‘इलेक्सन इपिसेन्टर’ उच्च सुरक्षा घेरामा निर्वाचन, सेनाको हाई-अलर्ट
झापा । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर–५ अहिले देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा स्थापित भएको छ। प्रमुख राजनीतिक प्रतिस्पर्धाका कारण राष्ट्रिय ध्यान केन्द्रित बनेको यस क्षेत्रमा सुरक्षा व्यवस्था अभूतपूर्व रूपमा कडा पारिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बीचको प्रतिष्ठापूर्ण प्...

३ दिन जोगबनी नाका बन्द, २ दिन विराटनगर भन्सार कार्यालय सञ्चालन नहुने

३ दिन जोगबनी नाका बन्द, २ दिन विराटनगर भन्सार कार्यालय सञ्चालन नहुने
इटहरी /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रस्थित जोगबनी नाका तीन दिनका लागि बन्द गरिने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म जोगबनी नाका पूर्ण रूपमा बन्द रहनेछ। निर्वाचनको मौन अवधिमा सुरक्षा सतर्कता अपनाउँदै दुवै देशका नागरिकको आवतजावत रोक्...

दिल्लीको रोहिणीमा ‘सानो नेपाल’ — क्यान्सरसँग लड्दै आशा बोकेर बाँचिरहेका नेपालीहरूको कथा

दिल्लीको रोहिणीमा ‘सानो नेपाल’ — क्यान्सरसँग लड्दै आशा बोकेर बाँचिरहेका नेपालीहरूको कथा
नयाँ दिल्ली/चौक चौकको चिया पसलमा नेपालीहरुको भलाकुसारी, किराना पसलमा किनमेल र ठेलामा तरकारी पसलेहरुसगं नेपालीहरुको मोलमोलाइ । नेपालमानै भएको अभास दिइ रहेको वेला खल्तिवाट जव भारु नोट निस्कन्छ अनि झ्ल्यास परदेशी भुमिको आभाष । भारतको राजधानी दिल्लीस्थित रोहिणी सेक्टर–५ र सोमबजार क्षेत्र यतिबेला नेपालीहरूको एउटा भावनात्मक बस्ती बनेको छ । गल्ली–गल्लीमा सुनिने नेपाली भाषा, घरका झ्यालहरूमा सुकाइएका ...

नेपाली कम्युनिस्ट पार्टीद्वारा अर्जुन नेपाल जिल्ला समिति सदस्यमा मनोनित !

नेपाली कम्युनिस्ट पार्टीद्वारा अर्जुन नेपाल जिल्ला समिति सदस्यमा मनोनित !
इटहरी — नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश समितिले सुनसरीका अर्जुन नेपाललाई जिल्ला समिति सदस्यमा मनोनित गरेको छ। पार्टीको कोशी प्रदेश कार्यालय, विराटनगरको निर्णयअनुसार इटहरी–१२ खानार , निवासी अर्जुन नेपाललाई पार्टीको सुनसरी जिल्ला समिति सदस्यको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपाली कम्युनिस्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान, सक्रियता तथा संगठनात्मक क...

थारु संस्कृतिको संरक्षणमा ऐतिहासिक कदम: इटहरी–११ भुस्कलुवामा सामुदायिक होमस्टे शिलान्यास

थारु संस्कृतिको संरक्षणमा ऐतिहासिक कदम: इटहरी–११ भुस्कलुवामा सामुदायिक होमस्टे शिलान्यास
सुनसरी, — तीव्र शहरीकरण र बसोबास विस्तारका कारण परम्परागत पहिचान ओझेलमा पर्दै गइरहेका बेला थारु समुदायको भाषा, संस्कृति र जीवनशैली संरक्षण गर्ने उद्देश्यले इटहरी–११ भुस्कलुवामा सामुदायिक होमस्टे निर्माणको शिलान्यास गरिएको छ। स्थानीय तहको सक्रियतामा अघि बढाइएको यो पहललाई थारु संस्कृतिको दीर्घकालीन संरक्षण र पर्यटन प्रवर्द्धनको ऐतिहासिक सुरुआतका रूपमा हेरिएको छ। शिलान्यास कार्यक्रमको उद्घाटन इटहर...

बालेनले स्थापित गरेको मानक : भाषणभन्दा परिणामको राजनीति

बालेनले स्थापित गरेको मानक : भाषणभन्दा परिणामको राजनीति
नेपालको राजनीतिक इतिहास २०४६ सालपछि खुला प्रतिस्पर्धा, बहुदलीय अभ्यास र अभिव्यक्ति स्वतन्त्रतासँगै अघि बढ्यो। तर तीन दशकभन्दा बढी समयसम्म सार्वजनिक राजनीति मुख्यतः लामो भाषण, सैद्धान्तिक व्याख्या र विपक्षीमाथि प्रहारमै सीमित रह्यो। आमसभाहरू विचारभन्दा बढी वक्तृत्वकला प्रदर्शन गर्ने थलो जस्ता देखिन्थे। यही पृष्ठभूमिमा उदाएका हुन् बालेन शाह—जसले शैली र प्राथमिकता दुवैमा फरक मानक स्थापित गरेको दाबी...