सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो इटहरी स्थित यातायात व्यवस्था कार्यालयवाट पक्राउ गरेको सवैलाइ अभद्र व्यभारको मुद्धामा दुइ दिन म्याद थप गरेको छ ।
यातायात कार्यालयवाट पक्राउ गरेका १५ जना बिचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले म्याद थप गरेर अनुसन्धानको दायरा वढाएको छ । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा बुधवार दिउसो नियन्त्रणमा लिइएको थियो ।  पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चौक बस्ने २४ वर्षीया सकुन राई, इटहरी–१२ खनार बस्ने २४ वर्षीया मनिका गिरी, इटहरी–९ बस्ने २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ–४ घर भई हाल इटहरी–९ बस्ने ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी–२ बस्ने १९ वर्षीय महेश राई, इटहरी–४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा–२ टंकीसिनुवारी बस्ने ३२ वर्षीय शुसिल शाह रहेका छन् ।
त्यसतै उदयपुर नगरपालिका–३ का २३ वर्षीय संयोग राई, इटहरी–१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी–१ बस्ने ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली–९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी–४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी–५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी–२० बस्ने युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यत्तिहरुलाइ आज दिन भर विभिन्न शत्तिकेन्द्रहरुवाट छुटाउने प्रयास गरेपनि सफल हुन सकेन । दुइ दिनको अनुसन्धान पछि मुद्धालाइ कसरी वढाउने भन्ने निष्कर्षमा पुग्ने  इलाका प्रहरी कार्यालय इटहरीका डिस्पी टेकबहादुर कार्किले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया