इटहरी — नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश समितिले सुनसरीका अर्जुन नेपाललाई जिल्ला समिति सदस्यमा मनोनित गरेको छ।
पार्टीको कोशी प्रदेश कार्यालय, विराटनगरको निर्णयअनुसार इटहरी–१२ खानार , निवासी अर्जुन नेपाललाई पार्टीको सुनसरी जिल्ला समिति सदस्यको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपाली कम्युनिस्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान, सक्रियता तथा संगठनात्मक क्षमताको मूल्याङ्कन गर्दै उक्त जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद तथा मावोबाद प्रति प्रतिबद्ध रहँदै नेपालमा समाजवादको आधार निर्माण गर्ने लक्ष्यसहित जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने अपेक्षा पार्टीले गरेको छ।
जिल्ला समिति कार्यालय सुनसरीमार्फत जारी उक्त निर्णयमा नवनियुक्त सदस्य नेपाललाई कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको छ।
मनोनयनसँगै सुनसरी जिल्लामा पार्टी संगठन विस्तार तथा गतिविधि सुदृढ हुने विश्वास पार्टीले व्यक्त गरेको छ !

तपाईको प्रतिक्रिया