सुनसरी / कोशी प्रदेशको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठक सोमबार भेडेटारमा सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा भएको चार जिल्लाको सुरक्षा समितिको बैठकले देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने गरि निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरेको छ ।
बैठक पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दिनुभएको जानकारी अनुसार सशस्त्र प्रहरी मुख्यालयका डिआईजी सम्भु सुवेदी, नेपाल प्रहरीका कोशी प्रदेश डिआईजी प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ सहितको उपस्थितीमा भएको बैठकले कोशीको जलमार्गमा पौडी खोल्ने नाममा टिउबाट र बास ल्याउने नाममा लागुऔषधको ओसारपसार भएको निश्कर्ष सहित नदीमा पौडीन, कुनैपनि सरसमान ओसारपसार गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरेको हो ।
सुनसरीमा आउने र बरामद हुने गाजाँ सहितको प्रतिबन्धित लागु औषधहरुको स्रोत भोजपुर, धनकुटा र उद्यपुर भएको अनुसंधानबाट देखिएकाले त्यसलाई ध्यानमा राखेर चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेना तथा राष्टिय अनुसंधानका प्रमुखहरुको बैठक डाकी प्रदेशमै नौलो निणर्य गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको लागु औषधको कारोबारको ग्राफ बढेको र त्यसको ट्रान्जिट पोईट कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदीलाई नै जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरेको सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
बैठकमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ती सुरक्षा सहित लागु पर्दाथ ओसारपसार तथा कारोबार पूर्ण रुपमा नियन्त्रण गर्नका लागि नेपाल प्रहरी तयार रहेको बताउनुभयो । उहाँले लागु पर्दाथका कारणले कयौको जिवन र कयौंको घरबार विहिन भएको अवस्था रहेकाले त्यसमा प्रहरीको पूर्ण निगरानी रहने बताउनुभयो ।
सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक सम्भु सुवेदीले नागरिकको अमनचयनका साथै व्यक्ति, परिवार र समाजलाई नै असर पार्ने लागु औषध तथा प्रतिबन्धित बस्तुको ओसारपसार पूर्ण रुपमा नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो ।
धनकुटाका प्रजिअ पुण्यविक्रम पौडेल, प्रहरी उपरीक्षक श्यामसिंह चौधरी, उद्यपुरका प्रजिअ हरीप्रसाद घिमिरे, भोजपुरका प्रजिअ नरबहादुर थापा र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी सहितको बैठकमा उपस्थिती रहेको थियो । चारै जिल्लाको सुरक्षा समन्वयका विषयमा समेत छलफल भएको थियो ।
१, कोशी प्रदेशको सुनसरी, धनकुटा, उद्यपुर र भोजपुर सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठकमा सहभागीहरु ।

तपाईको प्रतिक्रिया