सुनसरी ।पूर्वको प्रतिष्ठित शैक्षिक संस्था इटहरीस्थित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने अन्तिम तयारी पूरा गरेको छ।

क्याम्पस परिसरमै आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विकास केसीले उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए। उनका अनुसार ज्ञानको संकलन, प्रतिपादन र विस्तारका लागि अन्तर्राष्ट्रियस्तरका सम्मेलन, कार्यशाला तथा बौद्धिक विमर्श अपरिहार्य भएकाले यो कार्यक्रम आयोजना गरिएको हो।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा। डा। महानन्द चालिसे, त्रिवि सेनास ९ऋभ्ल्ब्क्० का कार्यकारी निर्देशक डा। मिर्गेन्द्र कार्की तथा कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज ९न्युयोर्क, अमेरिका० का डा। प्रेम फ्याक मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्।

यसैगरी भारतको बाबा मस्तनाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा। एच।एल। वर्मा र अमेरिकी दूतावासअन्तर्गतको रिजनल इंग्लिस ल्याङ्ग्वेज अफिस ९च्भ्ीइ० का रोजर एफ। कोहेन पनि मुख्य वक्ताका रूपमा सम्मेलनमा सहभागिता जनाउने तय भएको छ।

सम्मेलनमा देश–विदेशका विभिन्न विश्वविद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाका प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक व्यक्तित्व गरी कम्तीमा पाँच सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक बहस र अनुसन्धानको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया