
इटहरी ।उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उद्योग तथा क्याफेमा सरकारी अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित उद्योगले आत्मआलोचना र सुधारको प्रतिवद्धता जनाउनु साटो विज्ञप्ति निकालेर आफूलाई निर्दोष देखाउने प्रयास गरेको भन्दै आलोचना बढेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाको नेतृत्वमा इटहरीस्थित पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रा.लि. मा गरिएको अनुगमनका क्रममा उद्योग परिसरभित्र म्याद सकिएका ठुलो परिमाणमा खाद्य सामग्री भेटिएको तथ्य अनुगमन टोलीले स्वीकार गरिसकेको छ । तर सोही विषयमा उद्योगले सार्वजनिक गरेको विज्ञप्तिमा भने समाचारलाई ‘भ्रामक’ भन्दै आफ्नो पक्ष मात्र प्रस्तुत गरिएको छ ।
“म्याद सकिएको सामान फेला परेको सत्य, तर सन्दर्भ फरक” भन्ने दाबी
उद्योगले जारी गरेको विज्ञप्तिमा अनुगमन टोलीले म्याद सकिएका खाद्यवस्तु फेला पारेको कुरा स्वीकार गरे पनि, ती सामग्री बिक्रीका लागि नभई डिस्पोज गर्न छुट्टै राखिएको दाबी गरिएको छ । भण्डारण कक्ष पुनर्निर्माणका कारण पुराना सामग्री एक ठाउँमा राखिएको र प्रक्रिया पूरा गरी नष्ट गर्न तयारी अवस्थामा रहेको बताइएको छ ।
तर विषेश सुचनाको आधारमा पुगेको अनुगमन टोलीले उत्पादन कक्षमा प्रयोग गर्न ठिक्क पारिएको पाउडर र केमिकल फेला परेको मुचुल्कामा उधोगका प्रतिनिधिले समेत हस्ताक्षर गरेकोले विज्ञप्तीको कुनै तुक नभएको बताएको छ ।
उभोगत्ताको स्वास्थ्यसगं प्रत्यक्ष सरोकार राख्ने विषयमा हामि गम्भिर छौ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका खाद्य निरिक्षक उज्वल कोइरालाले बताउनु भयो ।
उहाँले भनु भयो हामिले उधोग सञ्चालक दामोदर विडारीलगायतलाइ उपस्थित हुन पत्रचार गरेका थियौ । तर उधोगले प्रनिधिमात्र पढाएपछि हामिले फर्र्काएका छौ । पुन हामिले सञ्चालक विडारीलाइ उपस्थित हुने सुचना गरेका छौ ।
“खाद्य उद्योगभित्र म्याद गुज्रिएका सामग्री भेटिनु आफैंमा गम्भीर लापरवाही हो। ‘बिक्रीका लागि होइन’ भन्ने स्पष्टीकरणले जिम्मेवारीबाट उम्किन नमिने इटहरी उपमहानगरपालिका वडा नम्बर १२का वडा अध्यक्ष भुवन राज पोख्रेलले बताउनु भएको छ ।
आलोचना होइन, आत्मसमीक्षा आवश्यक
विज्ञप्तिमा उद्योगले आफू २०६७ सालदेखि गुणस्तरमा प्रतिबद्ध रहेको, उपभोक्ताको स्वास्थ्यमा कहिल्यै खेलवाड नगरेको दाबी गरेको छ। साथै सञ्चारमाध्यमलाई एकपक्षीय समाचार प्रकाशन गरेको आरोपसमेत लगाइएको छ।
तर सरोकारवालाहरू भन्छन्—
“यदि उद्योग साँच्चिकै जिम्मेवार हो भने पहिलो प्राथमिकता उपभोक्तासँग माफी, स्पष्ट कमजोरी स्वीकार र सुधारका ठोस कदम सार्वजनिक गर्नु हुनुपथ्र्यो। विज्ञप्तिमार्फत दोष सञ्चारमाध्यमलाई थोपर्ने प्रयासले शंका झन् बढाएको छ।”
उपभोक्ता स्वास्थ्यमा सम्झौता स्वीकार्य छैन
खाद्य सुरक्षाका विज्ञहरूका अनुसार, म्याद गुज्रिएका सामग्री उद्योग परिसरभित्रै राखिनु पनि जोखिमपूर्ण हुन्छ। त्यस्ता सामग्री गल्तीवश उत्पादन वा आपूर्ति प्रक्रियामा मिसिन सक्ने सम्भावना रहन्छ।
यस घटनाले इटहरीका क्याफे, बेकरी र खाद्य उद्योगहरूमा नियमित, कडाइका साथ अनुगमन आवश्यक रहेको पुनः पुष्टि गरेको छ। उपभोक्ताहरूले पनि आकर्षक ब्रान्ड र विज्ञापनभन्दा गुणस्तर र सुरक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

अब प्रश्न उठ्छ—
म्याद गुज्रिएका सामग्री उद्योगभित्र किन राखिए?
डिस्पोज गर्ने स्पष्ट रेकर्ड र प्रक्रिया किन सार्वजनिक गरिएन?
उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना हुँदा जिम्मेवारी कसले लिने?
उपभोक्ताको स्वास्थ्यसँग खेलवाड हुने कुनै पनि प्रयास विज्ञप्तिले ढाकछोप गर्न नसकिने सरोकारवालाहरूको भनाइ छ। अब सम्बन्धित निकायले उद्योगको दाबी होइन, तथ्य र मापदण्डका आधारमा कडा कारबाही गर्ने कि नगर्ने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। यता उधोगका सञ्चालक दामोदर विडारीले कर्मचारीहरुको केहि कमिकमजोरी भएको स्वकारेका छन् ।





