सुनसरी /  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शशाङ्क कोइरालाले नेपाली कांग्रेश र एमाले गठवन्धन सरकारमा वलिायो प्रतिपक्षको आवश्क भएको बताउनु भएको छ
 दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने र एकतान्त्रीक शासन तर्फ मुलुक जान सक्ने डर उत्पन्न भएको उहाले बताउनु भयो ।
सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर कोइरालाले सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने विपक्षी भएपछि लोकतन्त्र कदापि बलिया नहुने बताउनु भयो ।
पार्टीले आन्तरिक रूपमा समेत विकेन्द्रीकरणलाई अनुसरण गर्नुपर्ने बताउँदै डाक्टर कोइरालाले टिकट वितरणमा समेत स्थानीय स्तरका कार्यकर्ताको भूमिका प्रभावकारी हुनु पर्ने पत्रकार सम्मेलनमा बताउनु भयो ।

तपाईको प्रतिक्रिया