सुनसरी /कुनै पनी जातजाति र धर्म सस्कृतिको संरक्षण गर्ने पहिलो दायित्व त्यहि समुदायको रहेको महिला वालवालिका तथा जेष्ठ नगरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ ।
सुनसरी झुमक स्थित थारु पौराणिक धुम्रानाच पुस्ता हस्तान्तरण समापन कार्यक्रममा वोल्नु हुदै प्रमुख अतिथि मन्त्री भगवती चोधरीले आफ्नो धर्म सस्कृत जोगाउन पहिले आफै जागरुक हुनु पर्ने बताउनु भयो । थारु समुदायको लोपोन्मुख धुम्रानाच संरक्षणमा जुटेका रामधुनी भासीका थारु समुदायलाइ मन्त्री चौधरीले आफ्नो मन्त्रालयवाट समेत सक्दो सहयोग गर्ने बताउनु भयो ।
रामधुनी नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको १५ दिने धुम्रा नाचको महत्व एतिहासिक्ता र नृत्यकला नया पुस्तालाइ सिकाएको सभाका जिल्ला अध्यक्ष सगेन चौधरीले बताउनु भयो ।
विहे,पुजाआजा तथा धार्मिक अनुस्ठानहरुमा देखाइने धुम्रा नाच पछिल्लो समय लोप हुदै गएकोले नया पुस्तामा जिवन्त पार्न यो कार्यक्रमका अयोजना गरिएको हो । समापन कार्यक्रममा मनत्री भगवती चौधरीलाइ आयोजक सस्थांले सम्मान समेत गरेको  छ ।

तपाईको प्रतिक्रिया