सुनसरी / सुनसरीको इटहरी ४ स्थित बुढिखोलामा आएको बाढिले सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाइ वगाएको छ ।
वुढि खोलामा माछा मार्ने क्रममा खोलामा आएको वाढिले उनीहरुलाइ वगाएको  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक  टेकवहादुर कार्किले जानकारी दिनु भएको छ ।
वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाइ जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।
वेपत्ता अन्य दुइ जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले  जनाएको छ ।

तपाईको प्रतिक्रिया