सुनसरी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आठौं स्मृति दिवस खनारका युवाहरुले मनाएका छन् ।
नेपाल तरुण दल सुनसरीको निर्णय अनुसार खनारमा तरुण सम्बन्द्ध युवाहरुले स्मृति दिवसका अवसरमा खनार चौकमा दिप प्रज्वलन गरेर मनाएका छन् । कार्यक्रममा नेपाली काग्रेशका स्थानिय नेता तथा कार्यकर्ताहरु,तरुण दलका युवा नेताहरु जेनिस दाहाल,विवेक भट्टराइ, नेपाली काग्रेश इटहरी उपमहानगरपालिका कमिटिका सहसचिव इश्वर तमाङ्ग तथा गठवन्धनका तर्पmवाट इटहरी १२ खनारका नेपाल कम्युनिष्ट पार्टि माओवादीका अध्यक्ष सचिन नेपालको समेत उपस्थित रहेको थियो ।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए। पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो।
२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए। उनको कार्यकालमा देशले नयाँ संविधान पाएको थियो। उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।