केपी शर्मा ओली र बालेन शाह झापा–५ मा आमनेसामने

केपी शर्मा ओली र बालेन शाह झापा–५ मा आमनेसामने
झापा, फागुन १३ — झापा–५ को चुनावी मैदान यतिबेला असाधारण रूपमा तातेको छ। चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह रणनीतिक रूपमा उनको कार्यतालिकासँगै समय जुधाएर मतदातामाझ पुगिरहेका छन्। यसपटक ओली अघिल्ला चुनावझैँ देशव्यापी आमसभामा व्यस्त छैनन्। उनी दमकमा डेरा जमाएर घरदैलो र लक्षित भेट...

धादिङमा भीषण बस दुर्घटना : १७ जनाको ज्यान गयो, २४ घाइते

धादिङमा भीषण बस दुर्घटना : १७ जनाको ज्यान गयो, २४ घाइते
इटहरी । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस बिहान करिब १:३० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा उक्त मानवीय क्षति भएको हो। दुर्घटना रातको समयमा भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। दुर्घटनालग...

झापा–५ मा नयाँ तरंगः बालेन्द्र शाहको घरदैलोले ततायो चुनावी माहोल

झापा–५ मा नयाँ तरंगः बालेन्द्र शाहको घरदैलोले ततायो चुनावी माहोल
इटहरी / काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। फागुन ४ गतेबाट औपचारिक रूपमा सुरु गरिएको अभियान यतिबेला गाउँ–टोल केन्द्रित संवादमा रूपान्तरित भएको छ। घर–घरमा पुग्दै, ‘एजेन्डा बनाम पुरानो राजनीति’ झापा–५ का विभिन्न बस्तीमा पुगेका बालेनले मतदातासँग...

एमालेद्वारा इटहरी–१७ का वडाध्यक्ष आचार्यमाथि कारबाही, छोराको उम्मेदवारीपछि विवाद चुलियो

एमालेद्वारा इटहरी–१७ का वडाध्यक्ष आचार्यमाथि कारबाही, छोराको उम्मेदवारीपछि विवाद चुलियो
सुनसरी — नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टीका आधिकारिक निर्णयविरुद्ध गतिविधि गरेको, पटक–पटक सचेत गराउँदा पनि नसुध्रिएको र दुई पटक सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी विधानअनुसार सदस्यता खारेज गरिएको एमालेले जनाएको छ। जिल्ला अध्यक्ष पशुपति यादवद्वारा ह...

महाशिवरात्रिमा सुनसरीका शिवालयमा भक्तजनको घुइँचो

महाशिवरात्रिमा सुनसरीका शिवालयमा भक्तजनको घुइँचो
सुनसरी /हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । यस अवसरमा सुनसरी जिल्लाका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ। भगवान् शिव को विशेष पूजा–आराधना गर्दै श्रद्धालुहरू व्रत बसेका छन् । शिवरात्रिको दिन व्रत, उपवास र रात्रि जागरण गरी शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। सोही विश्वासका ...

सुनसरीका ‘हटस्पट’ पर्यटकीय गन्तव्यको अवलोकन : सचिव निरौलाद्वारा पूर्वाधार विकास र आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड !

सुनसरीका ‘हटस्पट’ पर्यटकीय गन्तव्यको अवलोकन : सचिव निरौलाद्वारा पूर्वाधार विकास र आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड !
इटहरी /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पछिल्लो समय अत्यधिक चर्चामा रहेका सुनसरी जिल्लाका दुई प्रमुख पर्यटकीय स्थल—बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी नदीको बोरा बाँध र इटहरी उपमहानगरपालिका–११, खनारस्थित बुढी झरनाको स्थलगत अवलोकन गर्नुभएको छ। केही महिनायता सामाजिक सञ्जाल र मौखिक प्रचारमार्फत तीव्र गतिमा चर्चामा आएका यी गन्तव्यहरूमा आन्तरिक पर्यटकको संख...

शिर्ष नेताहरूको कुर्सी मोह : आठौँ पटक चुनावी मैदानमा विजयकुमार गच्छदार, अघिल्लो हार उल्टाउने दाउ

शिर्ष नेताहरूको कुर्सी मोह : आठौँ पटक चुनावी मैदानमा विजयकुमार गच्छदार, अघिल्लो हार उल्टाउने दाउ
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार यसपटक संसदीय निर्वाचनमा आठौँ पटक प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि सुनसरीको उही क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका उनले २०७९ को पराजयलाई जितमा रूपान्तरण गर्ने लक्ष्यसहित फेरि मैदान समातेका छन्। उनको लामो राजनीतिक यात्रामा २०४३ सालको जिल्ला पञ्चायत सभापतिको चुनाव र २०७९ को संसदीय निर्वाचन बाहेक प्रायः सबै प्रतिस्पर्धामा उनी सफल भए। अघिल्लो चुनावमा परा...

सुनसरी–३ : विजय गच्छदार र भगवती चौधरी चौथोपटक आमनेसामने

सुनसरी–३ : विजय गच्छदार र भगवती चौधरी चौथोपटक आमनेसामने
सुनसरी, माघ १९ — सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। थारू समुदायको बाहुल्य रहेको यो क्षेत्रमा यसपटक पनि थारू समुदायका दुई स्थापित नेताबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एमाले) ले उनैका पुराना प्रतिस्पर्धी भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। गच्छदार र भगवतीबीचक...

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन्। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार सुरुमा सामान्य देखिएको चोट समयसँगै बढ्दै छालाको भित्री तहसम्म संक्रमण पुगेको छ। चिकित्सकहरूको परीक्...

खनारका नेपालको शव मोरङ्गमा फेला !

खनारका नेपालको शव मोरङ्गमा फेला !
इटहरी  /मोरङ–सुन्सरी सिँचाइ आयोजनाअन्तर्गत ग्रामथानको नेताचोकदेखि पश्चिम बजरङ्गबली मन्दिर आसपासमा फेला परेको शव इटहरी उपमहानगरपालिका–११ निवासी ६० वर्षीय महेन्द्र प्रसाद नेपालको भएको पुष्टि भएको छ। केही दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका नेपाल परिवारको सम्पर्क बाहिर रहेका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गर्नुका साथै प्रहरीमा समेत जानकारी गराएका थिए। खोजी जारी रहेकै ...