रामधुनीमा सिटी सफारी चालकको गोली हानी हत्या, तीन जना सशस्त्र युवाको सम्लग्नता शंका !

रामधुनीमा सिटी सफारी चालकको गोली हानी हत्या, तीन जना सशस्त्र युवाको सम्लग्नता शंका !
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा सिटी सफारी चालक ४७ वर्षीय दिनेश कुमार चौधरीको गोली हानी हत्या भएको छ । शनिबार साँझ करिब ७ बजेतिर सवारी साधन चलाइरहेका चौधरीमाथि मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरेको बताइिएको छ । सुनसरी प्रहरीले स्थानीयवासीबाट रगताम्य अवस्थामा व्यक्ति घोप्टो परी लडेकाे सूचना पाएपछि घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला परेकाे जनाएको छ । प्रारम्भिक अ...

इलाममा  सबैभन्दा ठूलो क्षति, पहिरोमा २८ जनाको मृत्यु !

इलाममा  सबैभन्दा ठूलो क्षति, पहिरोमा २८ जनाको मृत्यु !
इटहरी / पूर्वी नेपालका पहाडी जिल्ला इलाममा अविरल वर्षापछि गएको भीषण पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सशस्त्र प्रहरी बलले संकलन गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म २८ जनाको ज्यान गएको पुष्टि भएको छ। तथ्यांक अनुसार — सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुममा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना,...

कोशी ब्यारेजका ५० वटा ढोका खोलिँदा पानीको बहाव ३ लाख ३० हजार क्युसेक नाघ्यो !

कोशी ब्यारेजका ५० वटा ढोका खोलिँदा पानीको बहाव ३ लाख ३० हजार क्युसेक नाघ्यो !
 इटहरी / अविरल वर्षाका कारण सप्तकोशी नदीको पानीको स्तर तीव्र गतिमा बढ्दै गएपछि आइतबार बिहान कोशी ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएका छन्। ब्यारेज नियन्त्रण कक्षका अनुसार बिहान ८ बजेसम्म ३,३०,३६० क्युसेक पानीको बहाव मापन गरिएको छ, जुन खतराको उच्च स्तर  मा पुगेको सूचक हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार पानीको बहाव लगातार बढिरहेको छ, र तटीय क्षेत्रका स्थानीय बास...

मोरङमा बाढी जोखिम / सेना हेलिकप्टर तयारीमा, बस सेवा स्थगित !

मोरङमा बाढी जोखिम / सेना हेलिकप्टर तयारीमा, बस सेवा स्थगित !
मोरङ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने चेतावनी दिएपछि मोरङमा विपद् व्यवस्थापन सतर्कता बढाइएको छ। केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीमा माइकिङमार्फत सचेतना गराउने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यकता परे स्थानान्तरण गर्न तयारी गरिएको छ, साथै जोखिमलाई ध्यानमा राखी जिल्लाबाट बाहिर जाने लामो दूरीका रात्रीकालीन बस स...

पाँचथरमा बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते !

पाँचथरमा बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते !
इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शनिबार बिहान ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी (ना. १ ज ६७५७) तमोर करिडोरमा दुर्घटना भएको हो। गाडी सडकबाट अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै ६ जनाले ज्यान गुमाएका छन् भने गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि नजिकैको...

जीप तमोर नदीमा खस्यो, उद्धार कार्य जटिल !

जीप तमोर नदीमा खस्यो, उद्धार कार्य जटिल !
 इटहरी । धरानबाट पाँचथरतर्फ जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्दा उद्धार कार्यमा कठिनाइ भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। तीव्र बग्ने नदी र भीरालो भू–भागका कारण उद्धार सहज नभएको उनले बताए। प्रत्यक्षदर्शीहरूले गाडी खसेको देखेको पुष्टि गर्दै तत्काल उद्धार टोली र आवश्यक उपकरण पठाउन आ...

खनारमा घरेलु विवादका बीच श्रीमान्‌द्वारा श्रीमतीको हत्या

खनारमा घरेलु विवादका बीच श्रीमान्‌द्वारा श्रीमतीको हत्या
इटहरी /सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा खनारमा सोमबार साँझ भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ। खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको चिरपटले प्रहार गरेका थिए। टाउको, नाक र कानमा गम्भीर चोट लागेका कारण भट्टराईलाई तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइए...

साम्प्रदायिक तनाव बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक !

साम्प्रदायिक तनाव बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक !
विराटनगर, असोज १० – भारतको जोगवनी बजारमा उत्पन्न साम्प्रदायिक तनावका कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ। शुक्रबार बिहान मुस्लिम समुदायले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गरिएको आपत्तिजनक टिप्पणीको विरोध गर्दै प्रदर्शन सुरु गरेको थियो। सोही क्...

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै !

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै !
काठमाडौं, असोज ९ – प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि सम्बोधनको कार्यतालिका औपचारिक रूपमा तय गरिएको हो। भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीको यो प्रधानमन्त्री पदभार ग्रहण गरेपछि जनतासमक्ष प्रत्यक्ष सम्बोधन गर्ने पहिलो अवसर हो। पूर्व...

सुनसरीमा बस–ट्रक ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते !

सुनसरीमा बस–ट्रक ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते !
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–१, खुनिया पुल नजिकै आज बिहान भएको बस–ट्रक ठोक्किने दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाका अनुसार पश्चिमतर्फबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०९४९ नम्बरको यात्रुबाहक बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना.६ ख ३७३३ नम्बरको ट्र...