गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न ३५ दिने सूचना !
इटहरी । इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ। हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो।
बैंकले ब्लाष्ट टाइम्स दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता...









