कोशी प्रदेशमा दुई हात्तीको मृत्यु, एक सर्वसाधारण गम्भीर घाइते !
सुनसरी/ कोशी प्रदेश अन्तर्गत सुनसरी र झापाका विभिन्न स्थानमा दुई जंगली हात्ती मृत अवस्थामा फेला परेका छन् भने एक सर्वसाधारण हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा एक करिब पाँच वर्षे जंगली भाले हात्तीको शव सोमबार बिहान फेला परेको हो । स्थानीयवासीहरू मकैबारीतर्फ जाँदै गर्दा हात्ती मृत भेटिएपछि वन डिभिजन का...









