पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता हुदै !
इटहरी / खनार युवा क्लबको आयोजनामा पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
इटहरी–१२, खनार स्थित श्री शारदा माविको खेल मैदानमा यो प्रतियोगिता चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठ वटा टोली सहभागी छन् । ती टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह “ए“ मा जनता भेट्रान फुटबल क्लब (इटहरी, सुनसरी), नेताचोक टाइगर क्लब (ग्रामथान–६, मोरङ),...









