‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत मैत्रीपूर्ण महिला फुटबल खेल सम्पन्न, सुनसरी ११ विजयी !
इटहरी / खनार युवा क्लबको आयोजनामा सञ्चालित ‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत शनिबार मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले भेट्रान खेलको फाइनल आइतबार सार्दै आज महिला खेल आयोजना गरेको थियो। महिला फुटबल प्रतियोगितामा सुनसरी ११ ले मोरङ ११ लाई २–० ले पराजित गर्दै शानदार जित हात पारेको छ।
खेलको प्रारम्भमै सुनसरीका तर्फब...









