तेस्रो देशको गुणस्तरीय कोइला भारतमा बेचेर नेपालमा नक्कली कोइला तस्करी !
सुनसरी । तेस्रो देशबाट आयात गरिएको उच्च गुणस्तरको कोइला भारतमै बिक्री गरी नेपालमा गुणस्तरहीन कोइला भित्र्याइएको भन्दै कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले गम्भीर आपत्ति जनाएको छ।
सङ्घले भारत–नेपाल कोइला आयात प्रक्रियामा व्यापक अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबार भइरहेको दाबी गर्दै आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
सङ्घका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा सप्...








