सुनसरी / सुनसरी मोरङ्ग औधोगिक करिडोरमा गए राति एक उधोगमा आगलागी भएको छ ।
करिडोरकोे दुहबी नगरपालिका–३ मा रहेको हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्यले जानकारी दिनु भएको छ ।
विभिन्न प्रकारको फोम बनाउने उद्योगमा गए राती ७ बजे आगलागी भएको थियो । आगो नियन्त्रण गर्न इटहरी,दुहवी,विराटनगर,इनरुवा तथा मोरङ्ग जिल्लाका विभिन्न पालिकाहरुवाट १३ वटा अग्नी नियन्त्रक दमकलले करिव ७ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी तथा उधोगका कर्मचारी र मजदुरले आगो नियन्त्रण गर्न अथक प्रयास गरेका थिए । उधोगमा भएको अगलागीका कारण खुल्न सकेको छैन् भने करिव १ करोड रुपैया वराबरको मेसिन तथा उत्पादित सामाग्री नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया