इटहरी “ स्वस्थ्य र स्भ्य समाज निर्माणका लागि खेलकुदको विकास गरौं “ नाराका साथ सेभेन स्टार क्लबले आज आयोजना गरेको इटहरी रन प्रतियोगिता समापन भएको छ ।
इटहरीको लविपुर चौकदेखी सुरु भएको दौड प्रतियोगिता इटहरीको विभिन्न स्थानहुदै पुन लविपुर चौकमा आएर टुगिंएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ पहिलो हुनेमा वैतडिका नरेन्द्र सिंह रावत, रहेका छन् । त्यसतै फस्ट रनअपमा नागेश्ववर अहिर, काठमाडा दोस्र रनअपमा करण रावल, बझाङ तेस्रो रनअपमा विक्रम लिम्बू, लेटाङ्ग मोरङ र चौथोमा दमकका सरोज सिंह आयोजकले जानकारी दिएको छ ।
त्यसतै महिला तर्फ काठमाण्डौ कि सुमित्रा कुमारी चौधरी रहेकि छिन । फस्टरनअपमा संखुवासभाकि सुनकला राई दोस्रो रनअपमा पुष्पा शेर्मा लिम्बू, पाँचथर
तेस्रो रनअपमा जुहि राइ, भोजपुर र चौथामो धनकुटाकि सुसा लिम्वु रहेकि आयोजक सस्थाले जनाएको छ ।
दौड प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजयी प्रथम खेलाडिलाइ नगद २५,००० रुपैयाँ, दोस्रोलाई १०,०००, तेस्रोलाई ५,००० र चौथो तथा पाचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूलाई १,००० रुपैयाँ प्रदान गरिएको छ ।
सेभेन स्टार क्ल्बका अध्यक्ष श्री नवराज पौडेल ज्युको अध्यक्षता तथा इटहरी उप महानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल इटहरी वडा नं १६ का वडाका वडा अध्यक्ष तेज नारायण चौधरी ज्यु तथा इटहरी वडा नं १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य ज्युलगायतले पुरस्कार विचरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे ज्यु, विशिष्ट आतिथ्यता तथा स्थानीय जन प्रतिनिधि, समाजसेवि, क्ल्वका सल्लाहकार तथा स्थानीयको बाक्लो उपस्थितिमा यस कार्यक्रम सम्पन्न गरियो ।

प्रतियोगितामा नेपाल भरवाट करिव २ सय खेलाडिहरुको सहभागिता रहेको थियो

 

तपाईको प्रतिक्रिया