इटहरी / कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजेतिर उदयपुरको बेलका नगरपालिका ८ स्थित सिरवानी भन्‍ने स्थानमा लुटपाटको प्रयास भएको हो ।

राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्ने प्रयास भएको र चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो ।

राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले  अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया