सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले आज देखी नगरवासीको सुविधालाइकालागी आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।
नगरको शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा यात्रुलाइ सर्वसुलभ सेवा दिन इटहरी उपमहानगरपालिकाले सो वस खरिद गरेको हो । टेण्डर माफर करिव ६ करोड रुपैयामा चाइनावाट सो वस झिकाइको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ् भएको हो ।
आज र भोली दुइ दिन निशुल्क सेवा दिइने छ भने पर्सिदेखी नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने छ । वसमा यात्रा गर्न २० रुपैया तोकिएको छ । यहि यात्रा गर्न यात्रुले ४० रुपैयादेखी १० रुपैया सम्म दिर्दै आएका थिए ।
आज कर्माचारी,जनप्रतिनिधिहरु र यात्रुहरु लिएर इटहरी उपमहागनरपालिकाको प्राङ्गणवाट निस्केको वसलाइ स्थायिले ठाउ ठाउमा स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया